१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खुला दिसामुक्त अभियान, पच्चीस जना पक्राउ

४ माघ २०७४, बिहीबार ०८:१८

माघ ४, सुनसरी | सुनसरी जिल्लालाई निकट भविष्यमा नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सक्रिय मिशन ओडिएफ अभियानकर्मीले सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–७ नरसिंहका २५ जनालाई खुल्ला स्थानमा दिसापिसाब ग सुनसरी जिल्लालाई निकट भविष्यमा नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सक्रिय मिशन ओडिएफ अभियानकर्मीले सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–७ नरसिंहका २५ जनालाई खुल्ला स्थानमा दिसापिसाब गर्दै गर्दाको अवस्थामा आज नियन्त्रणमा लिएका छन् । 

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको मिशन ओडिएफ टोली खुला दिसामुक्त कार्यक्रमलाई सघाउँदै आएको नारी विकास संघसंस्था सशस्त्र र जनपथ प्रहरी एवं स्थानीय सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले ती मानिसलाई खुला स्थानमा दिसापिसाब गरिरहेको अवस्थामा फेला पारेर बिहानै पक्राउ गरेको अभियानकर्मी ललिता लम्सालले जानकारी दिनुभयो । 

जिल्ला सरसफाइ अभियानसँगै लामो समयदेखि मिशन ओडिएफ अभियानमा सक्रिय डिभिजन कार्यालयका अभियानकर्मीहरु ललिता लम्साल, सुजाता शाक्य, तारा कार्की, मनु सिलवाल नारी विकास संघकी अभियानकर्मी सरिता खनाल तथा सशस्त्र र जनपथ प्रहरी एवं स्थानीय सरसफाइ समितिका पदाधिकारीले ती मानिसलाई नियन्त्रणमा लिएका हुन् । 

प्रहरीसहितको मिशन ओडिएफ टोलीको नियन्त्रणमा रहेका ती सबै स्थानीयवासीलाई खुला स्थानमा दिसापिसाब गर्नाले पुग्ने हानि तथा समाजमा पुग्ने प्रतिकूल असरका विषयमा सम्झाई तत्काल चर्पी निर्माण गरेर त्यही स्थानमा दिसापिसाब गर्नाले आफू परिवार र समुदायमा पुग्ने फाइदा आदिका विषयमा ज्ञान दिएर चर्पी बनाउने प्रतिबद्धता गराएर छाडिएको मिशन ओडिएफ अभियानकर्मी लम्सालले जानकारी दिनुभयो । 

सुनसरी जिल्लाका अधिकांश गाउँ तथा नगरमा चर्पी निर्माण गरेर प्रयोगमा ल्याइसकिएको तथा पछिल्लो समयमा भोक्राहा गाउँपालिकाको नरसिंह कोशी गाउँपालिकाको श्रीपुर गढी गाउँपालिकाको छिटाहा इनरुवा नगरपालिकाको डुम्राहा र बराह नगरपालिकाको महेन्द्रनगर खुल्ला दिसामुक्त हुन बाँकी रहेकाले ती सबै गाउँलाई पनि चाँडै खुला दिसामुक्त घोषित गर्न मिशन ओडिएफ अभियान चलाइँदै आएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार