२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा सडक नाटकमार्फत समुदायलाई सचेत गराइदै

४ माघ २०७४, बिहीबार १०:३८

माघ ४, डडेल्धुरा  | सडक नाटक प्रस्तुत गरी समुदाय स्तरमा रहेका विभिन्न कुसंस्कार र पुराना रुढीवादी परम्परालाई हटाउने प्रयासको थालनी भएको छ । 

विपद् जोखिम न्यूनीकरण तथा विपत पूर्व सूचनासम्बन्धी, एचआइभीसम्बन्धी र छाउपढी न्यूनीकरण, महिला हिंसा न्यूनीकरण र बालविवाहसम्बन्धी सूचना दिनु परे सडक नाटकलाई नै प्राथमिकता दिने गरेको गैरसरकारी महासंघका अध्यक्ष टेकराज पाण्डेयले बताउनुभयो । 

पछिल्लो समयमा जिल्लामा छाउपढी, छुवाछूत, घरेलु हिंसाजस्ता घटनालार्ई न्यून गर्न विभिन्नस्तरका सडक नाटक प्रस्तुत गर्ने क्रम बढिरहेको छ । नाटकका माध्यमबाट कार्यक्रम बढी प्रभावकारी भइरहेको र समुदायका सर्वसाधारणले पनि सजिलै बुझ्ने भएकाले यसलाई प्रथमिकतामा राखिएको सरोकारवालाको भनाइ छ । 

सरकारी तथा गैरसरकारी संस्थाले जनचेतना गराउन सडक नाटक प्रभावकारी बन्दै गइरहेको बहुउद्देश्यीय विकास समाजका कार्यकारी निर्देशक पे्रमबहादुर महरले जानकारी दिनुभयो । 

सडक नाटकबाट सचेतना गराउँदा बढीभन्दा बढी मान्छे आकर्षक हुने र खर्च पनि कम हुने हुँदा पनि यो प्रभावकारी लागेको उहाँको भनाइ छ । अन्य सचेतना कार्यक्रमा निश्चित मानिसले मात्रै जानकारी पाउने भए पनि सडक नाटकबाट सबैले मनोरञ्जनसँगै व्याबहारिक ज्ञानसमेत पाउने भएकाले आफ्नो कार्यालयमा रहेका विभिन्न कार्यक्रममा सडक नाटकलाई प्राथमिकतामा राखेको निर्देशक महरले बताउनुभयो । 

स्थानीय भाषामा तयार पारिएको नाटकले समुदायस्तरमा रहेका हेयभाव र दृष्टिकोणलाई न्यून पार्नमा मद्दत पु¥याइरहेको नाटक प्रस्तुत कर्ता कैलाश भट्टराईले बताउनुभयो । 

यसैगरी सुरक्षित गर्भपतनसम्बन्धी हाम्रो समाजमा रहेका हेयभाव तथा लाञ्छाना न्यूनीकरण गर्न जिल्लाभरका १२ वटा स्वास्थ्य चौकीका समुदायमा ३६ वटा सडक नाटक प्रस्तुत गर्न लगाई यस्ता सामाजिक विकृतिलाई न्यून गर्न लागिएको बहुउद्देश्यीय विकास समाजले जनाएको छ । 

समाजमा रहेको सुरक्षित गर्भपतनसम्बन्धी हेयभाव तथा लाञ्छना न्यूनीकरणसँगै सुरक्षित गर्भपतनका कानूनी मान्यता र महिलाका यौन तथा प्रजनन अधिकारसम्बन्धी जनचेतनासमेत दिने गरेको नाटक प्रस्तुतकर्ताको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो