२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिए: दाहाल

२०७४, ६ माघ शनिबार १४:०८

माघ ६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अनुमोदन गरेकाले पछाडि फर्केर जाने अवस्था कोही कसैलाई नभएको बताउनुभएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पार्टी निकट जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाली जनताले पार्टी एकतालाई स्वीकार गरिसकेका छन् । अनुमोदन गरिसकेका छन् ।” 

पार्टीभित्रका केही व्यक्तिले एकताको विरोध गरिरहेको भए पनि त्यसको कुनै औचित्य नभएको र त्यसले कुनै पनि प्रभाव नपार्ने उहाँको भनाइ थियो । 

“एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “जनता खुशी हुँदा उहाँहरु किन निराश हुनुभयो ? नेपालमा राजनीतिक स्थिरता, समृद्धि र समाजवाद आउँदा उहाँहरुलाई के घाटा हुन्छ ? मैले बुझ्न सकेको छैन । आफूलाई लागेका विषय खुल्ला फोरममा छलफल गर्न छोडेर एकता र बहसबाट भाग्नेचाहिँ क्रान्तिकारी हुन सक्दैन ।” 

नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक अर्काका पूरकको भूमिकामा रहँदै आएको अध्यक्ष ‘प्रचण्ड’ले उल्लेख गर्नुभयो । 

विसं २०१९ पछि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन आएको स्मरण गर्दै उहाँले अलगअलग समूहका रुपमा कम्युनिष्ट पार्टी अस्तित्वमा रहनुसमेत दुःखद् रहेको उहाँले बताउनुभयो । 

नेपालका कम्युनिष्टलाई सधैँ शत्रुको व्यवहार गरिँदै आएको भन्दै उहाँले एमालेलाई आक्रमण गर्ने शक्तिले नै माओवादी केन्द्रलाई समेत आक्रमण गरेको उल्लेख गर्नुभयो । 

विसं २०५७ को राष्ट्रिय सम्मेलनपछि प्रतिक्रियावादीको निशाना माओवादी बनेको भन्दै उहाँले त्यही शक्तिले एमालेलाई मित्र र हामीलाई दुश्मन देख्न थालेको स्पष्ट पार्नुभयो । नेपालको राजनीतिक इतिहासमा नियतमा नभए पनि वस्तुगतरुपमा एमालेले माओवादी र माओवादीले एमालेको रक्षा गर्न वस्तुगत भूमिका खेलेको भन्दै दुवै पार्टीको महत्व विशिष्ट रहेको अध्यक्ष ‘प्रचण्ड’ले बताउनुभयो । 

विश्वभरि कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा फैलँदै गएको भन्दै उहाँले एमाले र माओवादी अलग अलग पार्टी हुनुपर्ने कारण नै नरहेको बताउनुभयो । 

शान्तिपूर्णरुपमै समाजवादको तयारी गर्ने भएकाले समान राजनीतिक कार्यदिशा भएपछि अलग अलग पार्टीको अस्तित्वमा रहिरहनु आवश्यक नभएको उहाँको कथन छ । 

अध्यक्ष दाहालले भन्नुभयो, “हामीले माओवाद छोडेका छैनौँ, एमालेले पनि जनताको बहुदलीय जनवाद छाडेको छैन । नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरु पनि सहमत हुनुहुन्छ, हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौँ त्यसकारण समान राजनीतिक विचारधाराको हैसियतमा छौँ ।” 

नयाँ कम्युनिष्ट पार्टीको वैचारिक कार्यदिशाको संश्लेषण कसरी गर्ने ? भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको भन्दै उहाँले जनयुद्धको भूमिका र इतिहासमा यसको योगदानबारे एमाले र आफूहरुबीच कुनै विवाद नभएको बताउनुभयो । 

उहाँले एकले अर्काको पूर्ण सम्मान गरेर र अहिलेको परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर अगाडि बढ्ने भएकाले कुनै शंका नरहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले महासंघले पार्टी एकताको वैचारिक र सैद्धान्तिक पक्षमा प्रष्टताको जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा