पढ्न करिब 1 मिनेट लाग्छ

पर्वत । पर्वतमा पहिलो पटक क्यानोनिङ (छाँगावरोहण) सुरुवात भएको छ । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ्गस्थित महभिर झरनामा औपचारिक रुपमा संचालन गरिएको छ ।

हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलोपटक यो खेलको शुरुवात भएको हो ।

१ सय १० मिटर लामो झरनामा छाँगावरोहण संचालन गरिएको छ । पहिलो दिनमा विभिन्न कम्पनीका तालिम प्राप्त साहसिक पथ प्रदर्शक र स्थानीय तालिम प्राप्त युवाहरुले क्यानोनिङ गरेका छन् ।

जिल्लाको पर्यटकीय क्षेत्रको पहिचान, विकास र प्रर्वद्धनको लागि क्यानोनिङको तयारी गरिएको स्थानीय श्रीप्रसाद गुरुङ्गले बताउनु भयो ।

आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानका साथै आफ्नै गाउँ ठाउँमा भएका प्रकृति सम्पदाहरुको प्रवृद्धन र विकासका लागि क्यानोनिङको शुरुवात गरेको भिमबहादुर गुरुङले बताए ।

जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि आफूहरुले यो खेलको सफल परिक्षणका साथै सुरुवात गरेको गोलमान गुरुङले बताउनुभयो ।