१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘हुम्लामा नूनको अभाव छैन’

९ माघ २०७४, मंगलवार ०९:४४

माघ ९, हुम्ला | साल्ट टेडिङ कर्पोरेशन लिमिटेड हुम्लाका प्रमुख राजबहादुर लामाले जिल्लामा नूनको अभाव नभएको बताउनुभएको छ । 

जिल्लामा साल्ट टेडिङसँग अहिले एक हजार २४० क्विन्टल नून मौज्दात रहेको लामाले बताउनुभयो । 

“सदरमुकामसँग पहुँच नभएका ग्रामीण भेगका केही बस्तीमा नून नपुगेको कुरा सत्य हो,” उहाँले भन्नुभयो । गतवर्ष तीन हजार ८७८ क्विन्टल नून ढुवानी गर्ने जिम्मा लिएका ठेकेदार तेजबहादुर महतले एक हजार ८२४ क्विन्टल मात्र ढुवानी गरेको उहाँले बताउनुभयो । 

“ठेकेदार महतले ढुवानी गर्न नसकेको बाँकी परिमाण बराबर नूनको रकम असुल भइसक्यो । यसबाट कर्पोरेशन घाटामा छैन,” लामाले भन्नुभयो । 

ठेकेदार महतले आफूले एक हजार ८२८ क्विन्टल नून ढुवानी गरेको र ढुवानी गर्न बाँकी नूनको रकम तिरिसकेको बताउनुभयो । जुम्ला हवाईमैदानमा करिब २०० क्विन्टल नून ढुवानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो । “मैले रु १७ लाखदेखि रु १८ लाखसम्म घाटा व्यहोरेको छु,” उहाँले भन्नुभयो । गत आवको असारमा हुम्लाका लागि दुई हजार क्विन्टल नून नेपालगञ्ज साल्टट्रेडिङबाट खरिद गरेको ठेकेदार महतको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार