२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बैतडी: मेयर कप क्रिकेटको फाईनलमा खलंगा र देहिमाण्डौं

९ माघ २०७४, मंगलवार १७:१०

नरी बडु/माघ ९, बैतडी । बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधीका लागी दशरथचन्द नगरपालिका ४ खलंगा र दशरथचन्द नगरपालिका २ देहिमाण्डौं बिच फाईनल खेल हुने भएको छ । 

मंगलवार सम्पन्न दोस्रो सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकलाई १ सय १५ रनले पाखा लगाउदै खलंगा फाईनलमा पुगेको हो । दशरथचन्द नगरपालिका ६ थालिगाडालाई ४ विकेटले  स्तब्ध पार्दै देहिमाण्डौं उपाधी नजिक पुगेको हो । 


बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर व्याटिङ गरेको खलंगाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १६८ रन बनायो । भरत चन्दले ४४ तथा महेश चन्दले २४ रनको योगदान गरे । 

१६९ रनको विजय लक्ष्यका साथै मैदान उत्रेको ग्वाल्लेक १४ दशमलव ३ ओभरमा ५३ रनमा समेटियो । यसअघि बिहान सम्पन्न पहिलो सेमिफाईनल खेलमा रिषिकेश बोहराको अलराउन्डर प्रदर्शनले दशरथचन्द नगरपालिका ६ थालिगाडालाई ४ विकेटले  पराजित गर्दै दशरथचन्द नगरपालिका –२ देहिमाण्डौंले फाईनल यात्रा सुरक्षित गरेको थियो । 

टस जितेर व्याटिङ गरेको थालिगाडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३५ रन बनायो । चन्दन रावलले ३४ तथा किशोर चन्दले २० रन जोडे । १ सय ३६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको देहिमाण्डौंले १९ दशमलव १ ओभरमा लक्ष्य भेट्टायो । दिपक बोहराले ३७ रनको योगदान गरे ।  थालिगाडाका दिपेन्द्र रावलले २ विकेट हात पारे ।  

अलराउन्डर प्रदर्शन गरेर व्यक्तिगत २२ रन नटआउट तथा २ विकेट हात पारेका देहिमाण्डौंका रिषिकेश बोहरा म्यान अफ द म्याच घोषित भएका नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो ।  

प्रतियोगिताको उपाधी भिडन्त बुधवार बिहान १० बजेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको उपाधी विजेताले ५० हजार, उपविजेताले ३० हजार र म्यान अफ द सिरीज १ जनाले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो । 

शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । 

माघ ३ गतेदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगितामा ११ टोली सहभागी रहेका थिए ।  प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।


मेयर कपको सेमिफाईनल खेलमा दनपा– ४ खलंगा र दनपा– ९ ग्वाल्लेक बिच प्रतिश्प्रधा हुदै (बलिङमा ग्वाल्लेक ब्याटिङमा खलंगा) । नरी बडु, साझासवाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो