२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जडीबुटी चोरी, निकासी बढ्यो

१० माघ २०७४, बुधबार ०५:५५

माघ १०, जाजरकोट | यहाँको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो । 

पटक–पटक चोरी–निकासीका लागि वडा कार्यालय र सामुदायिक वनले ताकेता गरेपनि स्थानीय व्यापारीबाट लुकिछिपी चोरी–निकासी रोकिएको छैन । 

जुम्लाका व्यापारीको मिलेमतोमा यहाँका हिमालबाट चोरी–निकासी बढेको छ । वारेकोट गाउँपालिका–४ का सबै हिमालमा जडीबुटी चोरी–निकासी बढेको हो । काँडामासी, भुत्ले, खिराङलो, चुक, पाँचऔले, लसुन, तीतेपाती लगायतका जडीबुटी चोरी–निकासी भएको छ । 

स्थानीय व्यापारीले कामदार नै लगेर चोरी–निकासीका लागि संकलन तथा निर्यात गरिरहेका छन् । हिमालमा ४०० भन्दा बढी पाल राखेर चोरी–निकासी भइरहेको स्थानीयवासी कालीबहादुर बोहराले बताउनुभयो । 

स्थानीय व्यापारीबाट चितुवा, बाघ, भालु, मृग तथा विभिन्न वन्यजन्तुसमेत चोरी–शिकारी यही ठाउँबाट भइरहेको छ । जुम्लाको सिमानामा भएका कारण निगरानी गर्न समस्या भएको छ । सामुदायिक वनका केही सदस्यको मिलेमतो समेत रहेको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य