2026-09-15 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला लगायत हिमाली र पहाडी जिल्लामा हिमपात

लोकेन्द्र प्रशाद जोशी/माघ १०, दार्चुला । दार्चुला, बैतडि, डडेल्धुरा, बझाङ लगायत प्रदेश नम्बर सातका पहाडी जिल्लाहरुमा मंगलबार रातिदेखि हिमपात शुरु भएको छ । 

दार्चुला जिल्लाको सबैजसो भेगमा हल्का बर्षा भएको छ ।  उच्च पहाडी भुभागमा हिमपात भएको हो ।

दार्चुला जिल्लाको ब्यास गाउँपालीका, अपिहिमाल गाउँपालीकाको गाउँघरमै हिउँ पुगेर सेताम्य भएको छ । यस्तै मार्मा, नौगाड, दुहु लगायत उच्च पहाडि क्षेत्रमा हिमपात भएको स्थानियहरुले जानकारी दिएका छन । 

दार्चुलासहित सात नम्बर प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ । पहाडी जिल्ला दार्चुला, बैतडी, बझाङ, डोटी, बाजुरा, डडेल्धुरा लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो । 

उच्च हिमाली भागमा रातिदेखि नै हिमपात भएको हो । हिउँ जमेको र चिसो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या भएको स्थानीयले बताएका छन् । चिसो बढेका कारण वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका दार्चुला लगायत पहाडी भेगका किसानलाई भने हिमपातले केहि राहत पुर्याएको छ । हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ । बाक्लो हिउँ परेसँगै हिमपात भएका क्षेत्रमा गाउँघर सेताम्य बनेपछि किसानहरु राहत महसुस गरेका हुन ।

यसैबिच सोमबार पानी पार्न भन्दै दार्चुलाको अपिहिमाल गाउँपालीका ४ मा भ्यागुताको बिहे गरीएको थियो । बिहे गरेकै दोस्रो दिन पानी परको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ