Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तह बलियो भएमात्र मुलुकको विकास हुन्छ: नेपाल

२०७४, १० माघ बुधबार ०८:११

माघ १०, काठमाडौँ | स्थानीय तहको विकासमा राजनीतिक प्रभाव पार्न नदिन नेताहरूको सुझाव छ । 

जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको राष्ट्रिय परिषद् बैठक उद्घाटनका अबसरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह बलियो भएमात्र मुलुकको विकास हुने भएकाले स्थानीय तहलाई बलियो बनाउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो । “स्थानीय तहमा विकासका नाममा राजनीतिक प्रभाब भयोभने विकास हुन सक्दैन,”– उहाँले भन्नुभयो । 

स्थानीय तहमा गएको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै नेता नेपालले भन्नुभयो, “देशको विकासका लागि बजेटको अधिकतम प्रयोग कसरी हुन सक्छ भन्नेबारेमा सबैले सोच्नुपर्छ ।” 

नेकपा (एमाले)का नेता अग्नि खरेलले संविधानले राज्यको संरचनालाई तीन तहमा बाँडफाँड गर्दा जिल्ला समन्वय समिति महासंघलाई स्थानीय तहमा राखिएकाले यसलाई बलियो नबनाई स्थानीय तहको विकास हुन नसक्ने उल्लेख गर्नुभयो । “तीन तहको निर्वाचनसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ, अब मुलुकको विकासमा लाग्नु सबैको दायित्व हो,”– उहाँले भन्नुभयो । 

नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले संविधान मान्दैनौँ भन्ने दललाई समेत निर्वाचनले एक ठाउँमा ल्याएको छ भन्दै जनतालाई लोकतन्त्र आएको अनुभूति दिलाउने गरी महासंघले काम गर्नुपर्छ भन्नुभयो । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संविधान कार्यान्वयनका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका भएकाले स्थानीय तह सञ्चालनका लागि चाहिने कानून र नियमावली चाँडो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले स्थानीय क्षेत्रमा गएको बजेटको सही सदुपयोग हुनेगरी खर्च गर्न आग्रह गर्नुभयो । 

महासंघका अध्यक्ष ऋषिराज लम्साल, राज्य पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल, महासंघका पूर्व महासचिव डा श्याम भुर्तेललगायतले स्थानीय तहको विकास नभएसम्म मुलुकको विकास नहुने भन्दै स्थानीय तहमुखी कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ