Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनसँगै मुलुकले विकासको मुहार फेर्छ: नेताहरु

२०७४, १० माघ बुधबार ११:५९

माघ १०, काठमाडौँ | विभिन्न राजनीतिक दलका नेताले निर्वाचनसँगै मुलुकले विकासको मुहार फेर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता नारायणप्रसाद साउदले संविधानबमोजिम निर्वाचन हुँदै गएकाले अब मुलुकले विकासको मुहार फेर्ने बताउनुभयो । 

पूर्वमन्त्री साउदले संविधानमा भएका कुरालाई लागू गर्दै जाँदा क्रमशः संविधान कार्यान्वयन हुँदै जाने उल्लेख गर्नुभयो । उहाँले जनताले दिएको जनादेशअनुसार काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो । 

नेकपा (एमाले)का नेता शेरधन राईले निर्वाचनले क्रमशः राजनीतिक एजेण्डा सकिँदै गएकाले अब विकास र समृद्धिको एजेण्डालाई राजनीतिक दलले पछ्याउने बताउनुभयो । 

उहाँले पार्टी एकताबारे नीतिगत र वैचारिक विषयमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच छलफल भइरहेको जानकारी गराउँदै चाँडै नै पार्टी एकता हुने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले मुलुकलाई आर्थिक विकासमा लैजानका लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । “संविधानमा धेरै कुरा छुटेका छन् त्यसलाई समावेश गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो । 

नेता यादवले प्रदेश नं २ मा राजपा र मधेशी जनअधिकार फोरम नेपालबीचको सरकार बन्ने भन्दै मुख्यमन्त्री कसलाई बनाउने भन्ने बारेमा दुई पार्टीमा छलफल भइरहेको स्पष्ट पार्नुभयो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ