२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुपाकोट मझुवागढीको आवधिक विकास योजना तयार गरिँदै

११ माघ २०७४, बिहीबार ०६:०७

माघ ११, खोटाङ | नगरपालिकामा सञ्चालन गरिने योजनाको प्राथमिकता निर्धारण गर्न पाँचवर्षे आवधिक विकास योजना निर्माण कार्य शुरु गरिएको छ । 

आगामी फागुन मसान्तसम्ममा अन्तिम रुप दिनेगरी शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक विकास योजना निर्माणका लागि हाल सबै वडाको विषयगत तथ्याङ्क संकलनको कामलाई तीव्रता दिइएको हो । 

यही माघ १२ गतेसम्ममा १५ वटै वडाको समग्र परिचयमुलक तथ्यांक सकंलन गरिसक्ने समयसिमा तोकिएको छ । माघ १३ गतेदेखि तथ्याङ्क प्रशोधन काम शुरु गरेर माघ १८ र १९ गते पाँच वर्षभित्र गर्ने कामको प्राथमिकीकरण (भिजन सेटिङ) गरिने नगर प्रमुख दिपनारायण रिजालले जनाउनुभयो । 

योजनाको प्राथमिकीकरणपछि माघ २० देखि ३० गतेसम्म हरेक वडाको लक्ष्य सहितको विषयगत छलफल गरेर आवधिक विकास योजनाको मस्यौदा तयार गरिने छ । आवधिक विकास योजनाको मस्यौदालाई प्रमाणीकरणका लागि आगामी फागुन १५ गते कार्यशाला गर्ने र प्रमाणीकरण कार्यशालाबाट प्राप्त सुझावका आधारमा आवधिक योजनालाई अन्तिम रुप दिइने नगरपालिकाले जनाएको छ । 

प्रमाणीकरण प्राप्त आवधिक योजनालाई नगर कार्यपालिकाबाट स्वीकृति प्रदान गरेपछि आवधिक विकास योजनाको अन्तिम टुंगो लाग्ने प्रमुख रिजालको भनाइ छ । मुलुकका ७५३ स्थानीय तहमध्ये रुपाकोट मझुवागढी नगरपालिका आवधिक योजना बनाउन अघि सर्ने पहिलो स्थानीय तह बनेको दाबी गरिएको छ । 

भौतिक विकास, शिक्षा, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकतामा राखेर आवधिक नगर विकास योजना बनाइने नगरपालिकाले जनाएको छ । दश स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो