१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार विभागका महानिर्देशक भन्छन- ‘व्यवसायीको दबाबमा झुकेर निर्णय गर्दिन’

११ माघ २०७४, बिहीबार ०७:०४

मनोज पराजुली/माघ ११, काठमाडौँ । बैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठले बैदेशिक रोजगार व्यवसायी उजुरी उपर छानविन गर्दा अनेपेक्षित रुपमा बैदेशिक रोजगार व्यवसायीले दवाब दिने गरेको खुलासा गरेका छन् । 

कुनै पनि व्यवसायीले बैदेशिक रोजगार विभागमा परेका उजुरी उपर आफ्ना पक्षमा निर्णय गरिदिन व्यवसायी लाग्ने गरेको उनले बताएका हुन । व्यवसायीले कामदारलाई ठगेका उजुरी विभागमा दर्ता हुने क्रम बढेकोले त्यसलाई तत्काल समाधान गर्न विभागलाई चुनौती रहेको उनले बताए । सझासबालसंग कुराकानी गर्दै उनले भने- 'पीडितको गुनासो सम्बोधन गर्नु विभागको दायित्व भएर पनि समयमा गर्न सकिएको छैन ।' 


विभागले उजुरी उपर छानविन गरि पीडितलाई न्याय दिलाउन हप्तामा एक दिन बुधबार मेलमिलाप समिति मार्फत पीडितका समस्या समाधान गर्ने प्रयास गरिएपनि त्यो प्रयाप्त हुन नसकेको उनले बताए । 

विभागमा दर्ता हुने कतिपय उजुरीहरु मेलमिलाप समितिमार्फत समाधान गर्दा कानुनी प्रक्रिया नपुग्ने भएकोले बैदेशिक रोजगार न्यायधिकरण मार्फत समाधान गर्दा उजुरी सुनुवाई हुन समय लाग्ने गरेको उनले जनाए ।

बैदेशिक रोजगार विभागले सुरु गरेको अनलाइन श्रम स्वीकृति लिने कामलाई पनि थप सुधार गर्न गृहकार्य सुरु गरिएको जानकारी दिँदै उनले भने- 'अहिले भइरहेको अनलाइन श्रम स्वीकृति लिने काममा पनि सबै सेवाग्राही एकैचोटी सेवा लिन जाँदा समस्या उत्पन्न भई सेवा छिटो प्रवाह हुन सकेको छैन ।'


सेवा छिटो प्रवाह गर्न सेवाग्राहीलाई निश्चित समय तोकेर काम गर्नेको लागि छुट्टै सफ्टवेयर विकास गर्ने योजनामा विभाग लागि परेको बताए । 

बैदेशिक रोजगार विभाग, मुद्रण विभाग र ताहाचल श्रम स्वीकृति शाखा विच समन्वय गरि काम गर्न अनौपचारिक गृहकार्य सुरु गरिएकाले त्यस पश्चात सेवा लिन सहज हुने उनको भनाई छ ।

व्यवसायी र कामदार विच उजुरी मिलाउन शुरुमा तत्पर नहुने र विभागको कानुनी प्रक्रियाम गएपछि बाद्य हुने गरेको उनले सुनाए । 


व्यवसायी र कामदार विच उजुरी सहमतिमै सम्बोधन गर्न सकिने भएपनि व्यवसायीले अटेर गर्दा कामदार र विभागले उजुरीको छिनोफानो गर्न लामो समय व्यतित गर्नु परेकोले बैदेशिक रोजगार व्यावासयीले बुझेर पनि बुझ पचाउने प्रवृति हटाउनुपर्ने सुझावसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार