२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार विभागका महानिर्देशक भन्छन- ‘व्यवसायीको दबाबमा झुकेर निर्णय गर्दिन’

२०७४, ११ माघ बिहीबार ०७:०४

मनोज पराजुली/माघ ११, काठमाडौँ । बैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठले बैदेशिक रोजगार व्यवसायी उजुरी उपर छानविन गर्दा अनेपेक्षित रुपमा बैदेशिक रोजगार व्यवसायीले दवाब दिने गरेको खुलासा गरेका छन् । 

कुनै पनि व्यवसायीले बैदेशिक रोजगार विभागमा परेका उजुरी उपर आफ्ना पक्षमा निर्णय गरिदिन व्यवसायी लाग्ने गरेको उनले बताएका हुन । व्यवसायीले कामदारलाई ठगेका उजुरी विभागमा दर्ता हुने क्रम बढेकोले त्यसलाई तत्काल समाधान गर्न विभागलाई चुनौती रहेको उनले बताए । सझासबालसंग कुराकानी गर्दै उनले भने- 'पीडितको गुनासो सम्बोधन गर्नु विभागको दायित्व भएर पनि समयमा गर्न सकिएको छैन ।' 


विभागले उजुरी उपर छानविन गरि पीडितलाई न्याय दिलाउन हप्तामा एक दिन बुधबार मेलमिलाप समिति मार्फत पीडितका समस्या समाधान गर्ने प्रयास गरिएपनि त्यो प्रयाप्त हुन नसकेको उनले बताए । 

विभागमा दर्ता हुने कतिपय उजुरीहरु मेलमिलाप समितिमार्फत समाधान गर्दा कानुनी प्रक्रिया नपुग्ने भएकोले बैदेशिक रोजगार न्यायधिकरण मार्फत समाधान गर्दा उजुरी सुनुवाई हुन समय लाग्ने गरेको उनले जनाए ।

बैदेशिक रोजगार विभागले सुरु गरेको अनलाइन श्रम स्वीकृति लिने कामलाई पनि थप सुधार गर्न गृहकार्य सुरु गरिएको जानकारी दिँदै उनले भने- 'अहिले भइरहेको अनलाइन श्रम स्वीकृति लिने काममा पनि सबै सेवाग्राही एकैचोटी सेवा लिन जाँदा समस्या उत्पन्न भई सेवा छिटो प्रवाह हुन सकेको छैन ।'


सेवा छिटो प्रवाह गर्न सेवाग्राहीलाई निश्चित समय तोकेर काम गर्नेको लागि छुट्टै सफ्टवेयर विकास गर्ने योजनामा विभाग लागि परेको बताए । 

बैदेशिक रोजगार विभाग, मुद्रण विभाग र ताहाचल श्रम स्वीकृति शाखा विच समन्वय गरि काम गर्न अनौपचारिक गृहकार्य सुरु गरिएकाले त्यस पश्चात सेवा लिन सहज हुने उनको भनाई छ ।

व्यवसायी र कामदार विच उजुरी मिलाउन शुरुमा तत्पर नहुने र विभागको कानुनी प्रक्रियाम गएपछि बाद्य हुने गरेको उनले सुनाए । 


व्यवसायी र कामदार विच उजुरी सहमतिमै सम्बोधन गर्न सकिने भएपनि व्यवसायीले अटेर गर्दा कामदार र विभागले उजुरीको छिनोफानो गर्न लामो समय व्यतित गर्नु परेकोले बैदेशिक रोजगार व्यावासयीले बुझेर पनि बुझ पचाउने प्रवृति हटाउनुपर्ने सुझावसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन