२० वर्षपछि भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२० वर्षपछि भएको"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मिर्चैया नगरपालिकाको बजेट ४३ करोड

१२ माघ २०७४, शुक्रबार ०३:२५

राम नारायण पंडित/माघ १२, सिरहा । मिर्चैया नगरपालिकाले प्रथम नगरसभाबाट ४३ करोड ३२ लाख ९१ हजार १ सय ३३ रुपैयाको बजेट सार्वजनिक गरेको हो । 


२० वर्षपछि भएको स्थानीय तहको निर्वाचन पश्चात विहिबार सम्पन्न पहिलो नगरसभाबाट आर्थिक बर्ष ०७४÷०७५ का लागि सो बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाका मेयर श्रबण कुमार यादबले अगामी आर्थिक बर्षका लागि आन्तरिक आय तर्फ १ करोेड ५० लाख ९३ हजार १ सय ३३ रुपैया, राजस्ब बाडफाड (रजिष्टेशन तर्फ) ५० लाख, संघिय संरचना पुंजिगत बिकास कार्यक्रम तर्फ ४८ लाख, बित्तिय समिकरण तर्फ २५ करोड २ लाख २३ हजार, सशर्त पुंजिगत तर्फ ७ करोड २ लाख १५ हजार, समाजिक सुरक्षा तर्फ ७ करोड ४४ लाख ३ हजार, सडक बोर्ड तर्फ ३५ लाख, एलजिसिडिपी तर्फ १५ लाख ५७ हजार गरी जम्मा ४३ कारेड ३२ लाख ९१ हजार, १ सय ३३ रुपैयाको बजेट बिनियोजन गरेका हुन् । 

ब्याय तर्फ खर्चमा ७ करोड १४ लाख २ हजार ५ सय रहेको छ । पुंजिगत खर्च मध्ये बित्तिय समिकरण तर्फ २१ करोड २४ लाख ७० हजार ६ सय ३३ रुपैया, सशर्त पुंजिगत तर्फ ७ करोड २ लाख १५ हजार, समाजिक सुरक्षा चालु तर्फ ७ करोड ४४ लाख ३ हजार, संघिय संरचना पुंजिगत बिकास तर्फ ४८ लाख गरि जम्मा ४३ करोड ३२ लाख ९१ हजार १ सय ३३ रुपैया अनुमानित ब्याय प्रस्तुत गरिएको छ । 

जनताको हित र कल्याणको पक्षमा सदुपयोग गर्नुको साथै ५ वर्षको अवधिलाई फलदायी र उपलब्धीमुलक बनाउने लक्ष्यका साथ वजेट, नीति तथा कार्यक्रम तयार गरिएको मेयर यादवले बताए । मेयर यादबले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा विशेष जोड दिने लक्ष्यका साथ बजेट विनियोजन गरेको स्पष्ट गरे । 

पुर्ब मन्त्रि मात्रिका यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपमेयर जिबछी देबी साह, सिरहा क्षेत्र नं. ४ “क” प्रदेशसभा सदस्य दिलिप साह, “ख” का प्रदेशसभा सदस्य सुरेश मण्डल, पुर्ब आइजिपी उपेन्द्रकान्त आर्याल, राष्ट्रपतिका स्बकिय सचिब जिबछ साह, रेडियो धड्कनका प्रबन्ध निर्देशक अंजय कुमार साह, एनप्याबसन सिरहाका अध्यक्ष प्रदिप कुमार तिबारी लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नागरिक समाज, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य