२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको कुइनेखानीमा लघुजलविद्युत् निर्माण

२०७४, १२ माघ शुक्रबार ०६:१६

माघ १२, म्याग्दी  | म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा पर्ने कुइनेखानीमा लघुजलविद्युत् परियोजना निर्माण भएको छ । 

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेखानीका बासिन्दाले २० किलोवाट क्षमताको मजुवा कुइनेखानी लघुजलविद्युत् परियोजना निर्माण गरेर गाउँलाई उज्यालो बनाएका हुन् । 

रु एक करोड नौ लाखको लागतमा निर्माण भएको परियोजनाबाट साविक कुइनेमंगले गाविसको १, २ र ३ नम्बर वडामा पर्ने ११९ घरधुरी लाभान्वित भएका परियोजनाका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिनुभयो । 

केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधाको सम्भावना नरहेको कुइनेखानीका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । लघुजलविद्युत् परियोजना निर्माण भएपछि बत्ती बाल्न, विद्यार्थीलाई लेखपढ गर्न, घरायसी काम गर्न, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न सजिलो भएको छ । 

बिजुलीको प्रयोग गरेर कुटानीपिसानी मिलसमेत सञ्चालन भएको वडासदस्य खबहादुर छन्त्यालले बताउनुभयो । विसं २०७० मा निर्माण शुरु भएको आयोजना चार वर्षमा यसै महिनाको पहिलो साता सम्पन्न भएको हो । 

परियोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको क्षेत्रीय सहयोग एकाइ धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी), बागलुङले रु ३९ लाख र तत्कालीन कुइनेमंगले गाविसले रु १० लाख अनुदान उपलब्ध गराएको थियो । 

उपभोक्ताले प्रतिपरिवार १३० दिनका दरले श्रमदान र रु दुई हजार ५०० का दरले नगद संकलन गरेका थिए । उपभोक्ताको रु ६० लाख बराबरको लगानी भएको अध्यक्ष छन्त्यालले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी