११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको कुइनेखानीमा लघुजलविद्युत् निर्माण

१२ माघ २०७४, शुक्रबार ०६:१६

माघ १२, म्याग्दी  | म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा पर्ने कुइनेखानीमा लघुजलविद्युत् परियोजना निर्माण भएको छ । 

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेखानीका बासिन्दाले २० किलोवाट क्षमताको मजुवा कुइनेखानी लघुजलविद्युत् परियोजना निर्माण गरेर गाउँलाई उज्यालो बनाएका हुन् । 

रु एक करोड नौ लाखको लागतमा निर्माण भएको परियोजनाबाट साविक कुइनेमंगले गाविसको १, २ र ३ नम्बर वडामा पर्ने ११९ घरधुरी लाभान्वित भएका परियोजनाका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिनुभयो । 

केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधाको सम्भावना नरहेको कुइनेखानीका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । लघुजलविद्युत् परियोजना निर्माण भएपछि बत्ती बाल्न, विद्यार्थीलाई लेखपढ गर्न, घरायसी काम गर्न, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न सजिलो भएको छ । 

बिजुलीको प्रयोग गरेर कुटानीपिसानी मिलसमेत सञ्चालन भएको वडासदस्य खबहादुर छन्त्यालले बताउनुभयो । विसं २०७० मा निर्माण शुरु भएको आयोजना चार वर्षमा यसै महिनाको पहिलो साता सम्पन्न भएको हो । 

परियोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको क्षेत्रीय सहयोग एकाइ धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी), बागलुङले रु ३९ लाख र तत्कालीन कुइनेमंगले गाविसले रु १० लाख अनुदान उपलब्ध गराएको थियो । 

उपभोक्ताले प्रतिपरिवार १३० दिनका दरले श्रमदान र रु दुई हजार ५०० का दरले नगद संकलन गरेका थिए । उपभोक्ताको रु ६० लाख बराबरको लगानी भएको अध्यक्ष छन्त्यालले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान