१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती

१२ माघ २०७४, शुक्रबार ०६:२५

माघ १२, रुकुम | जिल्लाको बाँफिकोट गाउँपालिका–६ की २३ वर्षीया विमला खनाल गत माघ ३ गते बिरामी हुनुभयो । 

उपचारका लागि आफन्तले गाउँको मेडिकलमा लगे तर त्यहाँ स्वास्थ्यकर्मीले उपचार सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लैजान सल्लाह दिए । उपचार गर्नका लागि जिल्ला अस्पताल सल्ले ल्याउन आफन्तले एम्बुलेन्सका लागि धेरै सम्पर्क गरे तर पाउन सकेनन् । 

एम्बुलेन्स नपाएपछि खनाललाई रु आठ हजारमा एउटा जिप रिजर्भ गरेर खलंगा ल्याउनुप¥यो । “यो नगरेसम्म श्रीमतीको उपचार सम्भव हुने भएन, कतै पनि एम्बुलेन्स नपाए पछि जिप रिजर्भ गरेर जिल्ला अस्पतालमा ल्याउनुप¥यो” विमलाका श्रीमान् आदर्श खनालले भन्नुभयो । 

यो समस्या उहाँको मात्र नभई केही महिनादेखि रुकुमेलीको साझा समस्या बनेको छ । रुकुम पश्चिम जिल्ला अहिले एम्बुलेन्सविहीन भएको छ । बिग्रिएको लामो समयसम्म पनि एम्बुलेन्सको मर्मत तथा नयाँ एम्बुलेन्सको व्यवस्था नहुँदा बिरामीले सास्ती भोग्न बाध्य भएका छन् । 

यसरी जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा बिरामी ओसारपसारमा समस्या देखिएको छ । एम्बुलेन्स नहुँदा गाउँबाट बिरामीलाई जिल्ला अस्पताल तथा जिल्ला अस्पतालबाट बाहिर रिफर गरिएका बिरामीलाई लैजान समस्या हुने गरेको हो । रुकुम पश्चिममा यसअघि जिल्ला अस्पताल र नेपाल रेडक्रश सोसाइटीको गरी दुईवटा एम्बुलेन्स थिए । तर यतिबेला भने ती दुवै एम्बुलेन्स बिग्रिएर थन्किएपछि यस्तो समस्या सिर्जना भएको हो । 

जिल्लामा भएको एम्बुलेन्स बिग्रिएकाले यस्तो समस्या भएको स्वीकार्दै अब छिट्टै मुसिकोट नगरपालिकाले नयाँ एम्बुलेन्स ल्याउने प्रक्रिया थालिसकेका कारण त्यति बेलासम्म समस्या रहने जिल्ला अस्पताल, सल्ले, रुकुम पश्चिमका प्रमुख डा सविन पोख्रेलले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाका बाँफिकोट गाउँपालिका र चौरजाहारी नगरपालिका पनि छिट्टै एम्बुलेन्स खरिदको प्रक्रियामा रहेकाले छिट्टै यसको समस्या समाधान हुनेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार