१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा टुकीको भरमा नगरको वडाभित्रका बासिन्दा

१२ माघ २०७४, शुक्रबार ०६:४८

कृष्ण दर्नाल / माघ १२, पाल्पा | लघु जलविद्युत् आयोजना बन्द भएसँगै रामपुर नगरपालिका–१, स्याउलीबजारका स्थानीयवासी टुकीको भरमा रात बिताउन बाध्य छन् । 

बन्द लघुजलविद्युत् आयोजना चार वर्षसम्म सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी अँध्यारोमा बस्नुपर्ने बाध्यतामा छन् । टुकीको उज्यालोमा रातमा काम गर्नुपर्ने र ससाना बालबालिकालाई पढ्न समस्या भएको छ । 

स्याउलीबजारका स्थानीयवासी सुनिल श्रेष्ठले बन्द आयोजना बिग्रेको चार वर्षसम्म कहीँकतैबाट मर्मतका लागि पहल हुन नसक्दा टुकीको भरमा रात बिताउनु पर्ने बाध्यता नहटेको बताउनुभयो । 

स्थानीय खोलाबाट निकालेको विद्युुत्ले रातमा उज्यालो बनेको थियो । अहिले आयोजना मर्मत हुन नसक्दा फेरि ७५ घरपरिवार अँध्यारोमा रात बिताउनुपर्ने अवस्था टरेको छैन । लघु जलविद्युत् आयोजना सञ्चालनमा आउन नसक्दा रेडियो, टेलिभिजन, मोबाइल, लाइटलगायतका सामान प्रयोगमा ल्याउन समस्या भएको छ । 

स्थानीयवासी दानस मल्लले साखदीखोला गडहर पेल्ट्रीक सेटको पानी पनि सानो भएकोले आयोजना सञ्चालनमा समस्या भएको बताउनुभयो । विद्युत् क्षमता १.५ किलोवाट मात्र रहेको तर मानिसले बत्तीसँगै मोबाइल र रेडियो, टेलिभिजनको समेत प्रयोग गर्दा विद्युत्ले धान्न नसकेर मेसिन बिग्रेको हो । 

स्थानीयवासीले मर्मतका लागि पैसा उठाउन नमान्दा र स्थानीय तहबाट सहयोग प्राप्त हुन नसक्दा मर्मत कार्य अधुरो रहँदा अँध्यारोमा बस्न बाध्य भएका छन् । मल्लका अनुसार रामपुर नगरपालिकाको विद्युत्को पहँुचदेखि बाहिर रहेको वडाका रुपमा रामपुर–१ लाई लिने गर्दछन् । 

रामपुर नगरपालिका–१ मा करिब ७५२ घरधुरी रहेका छन् जसमध्ये ७५ घरपरिवारका लागि सञ्चालित आयोजना अहिले बन्द भएको छ । सिंगो वडामा ४० घरपरिवारको घरमा मात्र विद्युत् सुविधा रहेको स्थानीय बासिन्दा विष्णु थापाले बताउनुभयो । 

रातिको समयमा मोबाइल, रेडियो, लाइटलगायतका विद्युतीय सामानको प्रयोग गर्न पाएपनि दिनभरि विद्युत हुदैन । साखदीखोला लघु जलविद्युत् उपभोक्ता समितिले प्रतिवत्तिको मासिक रु ३० लिने व्यवस्था छ । 

वडाध्यक्ष मित्रलाल कँडेलले यस आवमा विद्युत्का लागि वडाभरि नै सर्वे गर्ने काम सम्पन्न गरिसकेको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार