2026-09-03 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेत सरकारले आममाफीको व्यवस्था लागु गर्यो, नेपालीलाई पनि राहत

माघ १२, काठमाडौं । कुवेत सरकारले आममाफीको व्यवस्था लागू गरेको छ ।

जनवरी २९ अर्थात माघ १५ देखि फेब्रुअरी २२ देखि अर्थात फागुन १० गतेसम्म कुवेतले आङ्खनो मुलुकमा अवैधानिक रूपमा रहेका विदेशी कामदारका लागि आममाफीको व्यवस्था गरेको हो । 

उक्त अवधिमा कुवेतमा अवैधानिक रूपमा बसिरहेका विदेशी नागरिक स्वदेश फर्कन र तोकिएको जरिवाना तिरेर वैधानिक बन्न सक्ने कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । 

त्यसरी फर्किएकाहरू पुनः कुवेतमा रोजगारीका लागि जान चाहेमा जान सक्ने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । यात्रा निषेधमा परेका र अदालतमा मुद्दा परेकाले भने आममाफी नपाउने मन्त्रालयले जनाएको छ ।

त्यसरी अवैधानिक रूपमा बसिरहेकाहरू मध्ये जरिवाना तिरेर कुवेतमा नै रोजगारीलाई निरन्तरता दिने वा जरिवाना नतिरी स्वदेश फर्किने दुईवटा विकल्प दिइएको स्थानिय सञ्चार माध्यम ‘कुवेत लोकल’ले जनाएको छ । 

जरिवाना तिरेर बस्न चाहनेहरूले प्रतिदिन २ केडी जरिवाना तिर्नुपर्ने जनाइएको छ । यसअघि कुवेतले सन् २०११ मा पनि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिएको थियो । 

त्यसपछि गएको वर्ष आंशिक रूपमा मात्र उक्त व्यवस्था गरेकाले त्यहाँ रहेका नेपाली कामदारले अपेक्षित फाइदा लिन सकेका थिएनन् ।

यस पटक भने पूर्णरूपमा आममाफी दिएकाले लामो समयदेखि आममाफीको पर्खाइमा रहेका नेपाली सहित विभिन्न देशका नागरिकले फाइदा लिन बताइएको छ । 

कुवेतका स्थानीय सञ्चारमाध्याम र मन्त्रालयले नै उल्लेख गरेपनि कुवेतस्थित नेपाली दूतावासमा आधिकारिक जानकारी नआएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ