माघ १३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । 

इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट, २०१८’ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । 

इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट, २०१८’ "/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि: राष्ट्रपति

१३ माघ २०७४, शनिबार ०९:५२

माघ १३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । 

इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट, २०१८’ को आज यहाँ उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले प्राकृतिक स्रोतको बहुउपयोगबाट मात्रै देशको विकास हुने भएकाले त्यसका लागि प्रभावकारी कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रपति भण्डारीले भन्नुभयो “स्वदेशी तथा विदेशी लगानी भित्र्याएर जलविद्युत् क्षेत्रको विकासमा सरकार लागिपर्नेछ भन्ने मैले विश्वास लिएको छु । ऊर्जा संकट सामना गरिरहेको नेपाललगायत दक्षिण एशियाली मुलुकका लागि हाम्रो प्राकृतिक स्रोत महत्वपूर्ण हुन सक्छ ।” 

नेपालको भूवनोटका कारण वायु, सौर्य ऊर्जाको पनि प्रचुर सम्भावना रहेको भन्दै उहाँले दिगो अर्थतन्त्रको विकासका लागि समेत साधन र स्रोतको प्रयोगमा जोड दिनुपर्ने धारणा राख्नुभयो । 

खेर गइरहेको प्राकृतिक स्रोतको सदुपयोग गरेर मात्रै आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्न सकिने भएकाले त्यसमा विशेष दक्षता र सुझबुझका साथ सरकार प्रस्तुत हुने राष्ट्रपति भण्डारीको विश्वास थियो । 

नेपालमा कूल छ हजार बढी नदीनाला रहेको भन्दै र नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको भए पनि एक हजार मेगावाटको आसपासमा मात्रै उत्पादन गरेर बस्नुपर्ने वाध्यता रहनु दुःखद् रहेकाले आगामी दिनमा गुणात्मक फड्को मार्ने राष्ट्रपतिको भनाइ थियो । 

नेपाललाई पूँजी, प्रविधि, बजार र ज्ञानको जरुरी रहेकोमा जोड दिँदै राष्ट्रपति भण्डारीले लगानीमैत्री वातावरण बन्न सके एकाध वर्षमा ठूलाठूला परियोजनासमेत निर्माण सम्पन्न भएर सुमृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गर्नुभयो । 

आगामी दश वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ पावर समिटको आयोजना गरिएको जानकारी दिँदै इनर्जी डेपलपमेन्ट काउन्सिलका प्रमुख सुजित आचार्यले त्यसका लागि सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो । 

कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सधँै सहयोगी रहँदै आएको धारणा राख्नुभयो । नेपाल र भारत दुवै मिलेर अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिरहेको, संकटको समयमा नेपाललाई विद्युत् उपलब्ध गराएको र भारतीय लगानीकर्ताले नेपालका विभिन्न आयोजनामा लगानी समेत गरेको उहाँको भनाइ थियो । 

अरुण तेस्रो, माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको क्रममा प्रवेश गरेको, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको प्राविधिक काम सम्पन्न भएपछि प्रक्रिया शुरु हुने राजदूत पुरीले उल्लेख गर्नुभयो । 

तीन दिनसम्म चल्ने समिटमा विभिन्न मुलुकका ३५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । समिटबाट प्राप्त हुने सुझावलाई कार्यान्वयनका लागि सरकारलाई आग्रह गरिने आयोजक संस्थाका प्रतिनिधिले जानकारी दिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति