१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहले सहमति नदिँदा बैदेशिक रोजगारीबाट फर्किएकाहरुको डिजिटल रेकर्ड अन्योलमा !

१४ माघ २०७४, आईतवार ०९:२०

मनोज पराजुली | माघ १४,  काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले बैदेशिक रोजगारीमा गएर फर्किएकाहरुको डिजिटल रेकर्ड राख्ने तयारी गरेपनि गृह मन्त्रालयले अन्तिम स्वीकृति नदिंदा काम नै रोकिएको छ । श्रम तथा रोजगार मन्त्रालयले ३ महिना अगाडि अध्यागमन विभागको सफ्टवेयरसँग मिलाउने गरी काम अगाडि बढाउन गृह मन्त्रालयसँग सहमति माग गरेको थियो । 

श्रम मन्त्रालयको पत्र गृह मन्त्रालयले राय माग गर्दै अध्यागमन विभागलाई पठाएको थियो । श्रम मन्त्रालयको पत्र अनुसार बैदेशिक रोजगारमा जाने तथा फर्किनेहरुको रेकर्ड खोजेपनि अध्यागमन विभागले  एयरपोर्टबाट आउने जाने सबैको जानकारी हुने भन्दै विभागले खोजेजस्तो सुविधा हालको सफ्टवेयरमा नरहेको अध्यागमन विभागका निर्देशक राजुप्रसाद पौडेल बताउँछन् । यसबारे अध्ययन गर्न अध्यागमन विभागको अगुवाईमा राहदानी विभाग, श्रम विभागका कम्युटर अधिकृतहरु रहेको एक समिति मार्फत राय सहितको प्राविधिक प्रतिवेदन तयार गरी श्रम मन्त्रालयमा समेत पेश गरिएको पौडेलले बताए । गृहले अनुमति दिएमा अध्यागमन विभागले प्रयोग गदै आाएको हालको सफ्टवेयर विकास गरी बैदेशिक रोजगारीमा जाने तथा फर्किनेहरुको पनि रेकर्ड राख्न सकिने अध्यागमन विभागकी कम्यूटर अधिकृत सरिता गुरुङ बताउँछिन् । तर अध्यागमन विभागले राय सहितको पत्र गृह मन्त्रालयमा फिर्ता भएपनि त्यसबारे कुनै निर्णय नभएको गृह सचिव मोहनकृष्ण सापकोटा बताए ।

श्रम स्वीकृति लिएर विदेश जाने तथा फर्किनेहरुको वास्तविक तथ्याङ्क नभएपछि श्रम तथा रोजगार मन्त्रालयले अनलाइन मार्फत डाटा संकलन गन तयारीमा जुटेको थियो । श्रम तथा रोजगार मन्त्रालयलको डाटालाई अध्यागमन कार्यलयसँग जोड्ने कार्य गृह मन्त्रालयको सहमति प्रश्चात लागू गर्न सकिने भएपनि गृहको सहमति नदिँदा काम शुरु नभएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवन आचार्य बताउँछन् । 

बैदेशिक रोजगारमा कति छन्, विभागसँगै छैन रेकर्ड

हाल श्रम स्वीकृति लिएर १८ लाखको हाराहारी नेपालीहरु विदेशमा रहेको बैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारी बताउँछन् ।  खाडी मूलुकमा २ वर्ष र मलेशियामा ३ वर्षको लागि भिषा अवधि रहने साथै सो अवधि प्रश्चात पनि कामदारहरु रिइन्ट्री मार्फत जानेहरुको संङ्ख्या वार्षिक ५/६ लाख रहेको उनको भनाई छ । श्रम स्वीकृति लिएर विदेश जानेहरुको रेकर्ड राख्ने गरिएपनि  बिदेश गएर फर्किएकोहरुको रेकर्ड राख्ने नगएिकोले वास्तविक रुपमा विदेशमा कति नेपालीहरु छन् यकिन जानकारी नभएको निर्देशक अधिकारी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार