Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ १४ गते, अपराह्न ४:५० बजे कृषि गतिबिधी, तेह्रथुम - TRT

तेह्रथुममा आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

By kit 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

प्रकाश धौलाकोटी /  माघ १४, तेह्रथुम | जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाटै उहाँको परिवार चलेको छ ।

खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उहाँलाई असजिलो भएको हो । गाउँमा किसानले ढुंगा, माटोले बनेको परम्परागत भट्टीमा अलैँची सुकाउछन् । खापुङले पनि घर नजिकै त्यही परम्परागत भट्टी बनाउनुभएको छ ।

त्यस्ता परम्परागत भट्टीमा अलैँची सुकाउदा अलैँची पनि राम्रो सुक्दैन र किसानको स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ । किसानलाई अलैँची आधुनिक भट्टीमा सुकाउनपर्छ भन्ने प्राविधिक ज्ञान छैन । प्राविधिक ज्ञान नभएकैकारण आधुनिक भट्टीको प्रयोग पनि शून्य जस्तै छ । यहाँकका किसानलाई जिल्लास्थित उद्योग वाणिज्य संघले केही वर्षअघि एक सयवटा आधुनिक भट्टी अनुदानमा वितरण गरे पनि अहिलेसम्म किसानले ती भट्टी प्रयोगमा नल्याएको अलैँची व्यवसायी संघका जिल्ला महासचिव तुलसी ढकालले बताउनुभयो ।

“किसानलाई आधुनिक भट्टीको प्रयोगबारे ज्ञान छैन, अनुदानमा पाएका भट्टी पनि प्रयोगमा छैनन्,” उहाँले भन्नुभयोे । अनुदानमा पाएको भट्टी जडान गर्न पहिलो वर्ष प्राविधिक सहयोग पाए पनि दोस्रो वर्षबाट जडान गर्नै समस्या भएको फेदाप गाउँपालिका–५, इसिबुका किसान वृखबहादुर तामाङले बताउनुभयो ।

“भट्टी त पाइयो, तर प्राविधिक ज्ञान पाइएन, त्यसैले प्रयोगमा आएन आधुनिक भट्टीले अलैँचीको गुणस्तरमा सुधार हुने भए पनि त्यसको प्रयोगबारे किसानलाई थाहा नै छैन । ” उहाँले भन्नुभयो, ‘‘परम्परागत भट्टीमा छिटो सुक्छ, तर आधुनिक भट्टीमा सुकाउदा धेरै समय लाग्ने रहेछ,’’ तामाङले भन्नुभयो । कतिपय किसानलाई परम्परागत भट्टीको प्रयोग गर्नु अलैँची गुणस्तरको हिसाबले गलत हो भन्ने नै थाहा छैन ।

परम्परागत भट्टीका कारण अलैँची कालो हुने, राम्रो नसुक्ने, डढेर नष्ट हुने, आगलागीको जोखिम हुने, धुवाँ र आगोले मानव स्वास्थ्यमा असर गर्ने जस्ता समस्या किसानले बेहोर्दै आएका छन् । यसवर्ष भट्टीमा सुकाउन थालेको अलैँची आगो दन्किएर सबै जलेर खरानी भएको लालीगुराँस नगरापालिका–८, सोल्माका किसान चन्द्र लिम्बूले बताउनुभयो ।

‘अलैँची सुकाउन भट्टीमा हालेको थिएँ, खै के मिलेनँ ? कुन्नि, सबै जलेर खरानी भयो,’ उहाँले भन्नुभयो । काँचो दाउरामा अलैची सुकाउनु पर्दा आँखा पाक्ने, दम, खोकी जस्ता धुवाँका समस्या भएको उहाँले बताउनुभयो । आगोको झिल्काले उडेर गएर घरमै आगलागी भएका घटना पनि छन् । भट्टी लगाउदा किसान अत्यन्तै सचेत हुनुपर्छ । नसुकिञ्जेल रातदिन नभनी अलैँची भट्टी रुघेर बस्नुपर्छ ।

यसरी आधुनिक भट्टी प्रयोगमा पहुँच नहुँदा समस्या बेहोर्नु परेको किसान लिम्बूले बताउनुभयो । परम्परागत भट्टीको सबैभन्दा जोखिमको पक्ष भनेकै आगोबाट अलैँची जोगाउनु र धुवाँबाट बच्नु भएको मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका किसान विनय लिम्बूले बताउनुभयो ।

‘अलैँची बेच्न लिएर त गइयो, तर व्यापारीले फिर्ता पठाइदिए, फेरि सुकाएर लगेपछि मात्रै बिक्री भयो,’ उहाँले भन्नुभयो । अलैँचीको गुणस्तर वृद्धि गर्न पहल शुरु भए पनि किसानलाई गुणस्तरीय अलैँची उत्पादनका लागि ज्ञान अभिवृद्धिको खाँचो रहेको उहाँले बताउनुभयो ।

अलैँचीको याममा बगानबाट टिपेर ल्याएपछि अलैँची छोडाउनुपर्छ । छोडाएपछि किसानले भट्टीमा सुकाएपछि मात्रै अलैँची बेच्नका लागि तयार हुन्छ । किसानले परम्परागत भट्टीमा सुकाउनुपर्दा १० केजी अलैँची सुक्न करिब १७ घण्टासम्म लाग्ने गरेको छ । काँचो दाउरामा अलैँची सुकाउनुपर्दा समस्या हुने आठराई गाउँपालिका–४, इवाका किसान नरेन्द्र इङनामले बताउनुभयो ।

‘अलैँची राम्रो सुक्दैन, काँचो दाउराले अलैँची सुकाउदा आफूलाई उत्तिकै गाह्रो हुन्छ,’ उहाँले भन्नुभयो, ‘पाए त आधुनिक भट्टीमा अलैँची सुकाउन सजिलो हुन्थ्यो नि ।’ परम्परागत भट्टी आफैँले बनाउन सकिने भए पनि आधुनिक भट्टी भन्दा कम खर्चिलो र एक पटक बनाएपछि वर्षौसम्म प्रयोग गर्न सकिनेहुन्छ । आधुनिक भट्टी पनि पटक÷पटक प्रयोग गर्न सकिन्छ । तर प्रयोग गरेपछि त्यसलाई फुकालेर राख्नुपर्छ । पुनःजडान गर्न प्राविधिक कारणले समस्या भएको किसानको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयले वर्षौदेखि अलैँचीखेती प्रविधि र विस्तारका लागि कार्यक्रम सञ्चालन गर्दै आए पनि गुणस्तरीय उत्पादन तथा आधुनिक भट्टीको प्रयोगतर्फ किसानको ध्यान तान्न सकेको छैन । अब स्थानीय सरकारको पहलमा अलैँची खेतीको विकास तथा गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने अलैँची व्यवसायी संघका जिल्ला अध्यक्ष अमृत सुवेदीको भनाइ छ ।

। जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष जिल्लामा २२० मेट्रिक टन अर्थात रु ४६ करोड २० लाख बढीको अलैँची उत्पादन भएको थियो ।

यसवर्ष पनि मौसम अनुकूल रहेकोले अलैँची उत्पादन बढ्ने आंकलन कृषि प्राविधिक लगाउछन् । यो वर्षको अलैँची मूल्य बढ्ने आशाले किसानले अहिले पनि थन्काएर राखेका छन् ।

रासस