2026-07-29 03:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव, बिरामी समस्यामा

माघ १५, डडेल्धुरा | उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुदा बिरामी मर्कामा परेका छन् । 

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको भए पनि हालसम्म जम्मा तीनजना मात्रै विशेषज्ञ डाक्टर रहेका छन् । 

अस्पतालमा भएका डाक्टर पनि बढी समय बिदामा रहने गर्दा उपचारमा झनै समस्या हुने गरेको छ । विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरासहित ७ नं प्रदेशका अन्य छ जिल्लाका बिरामी उपचारका लागि धनगढी अञ्चल अस्पताल तथा नेपालगञ्जसहित भारत जान बाध्य भएका छन् । 

हाल अस्पतालमा हाडजोर्नी, स्त्रीरोगसहित एकजना एम्डिजिपी डाक्टर रहेका छन् । दरबन्दीअनुसारको डाक्टरका लागि सरकारसँग पटक पटक आग्रह गरेको भए पनि विशेषज्ञ डाक्टर नपठाउँदा उपचारमा समस्या भइरहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका नि.मेसु जितेन्द्र कँडेलले बताउनुभयो । 

बालरोग विशेषज्ञ डाक्टर नहुँदा उपक्षेत्रीय अस्पतालमा एक वर्ष पहिले स्थापना भएको एनआइसियु सेवासमेत सञ्चालनमा आउन सकेको छैन । एनआइसियु सेवा सञ्चालन नहुँदा यस क्षेत्रमा जन्मेदेखि २८ दिनसम्मका बिरामी बच्चाको उपचारका लागि नेपालगञ्ज वा धनगढी जानुपर्ने बाध्यता रहेको छ । 

दरबन्दीअनुसारका चिकित्सक नआउँदा यो क्षेत्रका बिरामी तथा सर्वसाधारणले समस्या भोगिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा