२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराका कार्यालय प्रमुख सुवेदीको बिदाइ

२०७४, १५ माघ सोमबार ०८:५२

माघ १५, पोखरा | प्रदेश नं ४ नयाँ बजार पोखराका कार्यालय प्रमुख निमदत्त सुवेदीको कार्यालयमा कार्यरत कर्मचारीका तर्फबाट आज बिदाइ गरिएको छ । 

राष्ट्रिय समाचार समितिमा २०४१ साल पुस १६ गतेदेखि स्थायी सेवा प्रवेश गर्नुभएका सुवेदी उमेर हदका कारण आजैबाट सेवा निवृत्त हुनुभएको हो । 

पर्वत जिल्लाको साविक ठानामौला गाउँ विकास समिति (हाल फलेवास नगरपालिका वडा नं ८)मा २०१६ माघ १५ मा जन्मनुभएका सुवेदी हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ नयाँ बजार बस्दै आउनुभएको छ । 

सेवा अवधिमा सुवेदीले राससको पोखरा कार्यालयसहित केन्द्रीय कार्यालय र तत्कालीन लुम्बिनी अञ्चल कार्यालयमा सेवा गर्नुभएको थियो । 

बिदाइ कार्यक्रममा उपसमाचारदाता वासुदेव पौडेलले कार्यालय प्रमुख सुवेदीले राससमा लामो समयसम्म पुर्याउनुभएको योगदान प्रशंसायोग्य भएको बताउनुभयो । 

कार्यालय प्रमुख निमदत्त सुवेदीले आफूले राससलाई सधैँ सर्वोपरी राखेको बताउँदै भावी दिनमा अझै संस्थाको गरिमा र महत्व बढ्दै जाने उल्लेख गर्नुभयो । 

सहायक समाचारदाता हरि बास्तोलाले सेवाबाट निवृत्त भए पनि राससप्रतिको मायालाई कायमै राख्न आग्रह गर्दै उहाँको जीवनको सु–स्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभयो । 

कार्यालय सहयोगी भोलानाथ पौडेलले कार्यालयको सेवाका क्रममा सुवेदीसँगको बसाइँका अनुभव व्यक्त गर्दै निवृत्त जीवनलाई अझै क्रियाशील बनाउन आग्रह गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी