२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश ७ पहाडी जिल्लामा वार्षिक पन्ध्र करोडको खाद्यान्न खरिद

१६ माघ २०७४, मंगलवार ०७:४८

माघ १६, भीमदत्तनगर | नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि वार्षिक रु १५ करोडको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ । 

प्रदेश नं ७ मा सबैभन्दा बढी खाद्यान्न समस्या बाजुरा, बझाङ, अछाम, बैतडी र दार्चुलामा हुने गर्छ । पाँचवटै जिल्लाका विभिन्न स्थानमा खाद्य डिपो सञ्चालनमा ल्याएर खाद्यान्नको अभाव टारिरहेको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख गंगादत्त पन्तले बताउनुभयो ।

“सदमुकाममा शाखा कार्यालय भएका जिल्लामा सहज रुपमा चामल र गहुँ खरिद बिक्री भइरहेको छ,” उहाँले भन्नुभयो, “डिपोहरुमा ठेकेदारमार्फत खाद्यान्न पुर्याएर स्थानीय निकायको रोहबरमा बिक्री वितरण गर्नुपर्ने बाध्यता छ ।” 

चालू आवका लागि पहाडी जिल्लाका लागि करिब ५२ हजार क्विन्टन खाद्यान्नको ब्यवस्था गरेको छ । “सबै जिल्लाका डिपोमा गरेर २१ हजार क्विन्टल खाद्यान्न अहिलेसम्म पठाइसकेका छौँ,” पन्तले भन्नुभयो, “दुर्गम ठाउँमा केही नयाँ डिपोसमेत स्थापना गरेर खाद्यान्न पुर्याउने काम भइरहेको छ ।” 

खाद्य संस्थानले बाजुरा सदरमुकाम मार्तडीमा शाखा कार्यालयका साथै, कोल्टी र उत्तरी भेगमा रहेको कबाडी डिपोबाट खाद्यान्न बिक्री वितरण गरिरहेको छ । “सबैभन्दा बढी खाद्यान्न खपत बाजुराको कबाडी डिपोबाट हुँदैआएको छ,” उहाँले भन्नुभयो, “खाद्य वितरण प्रणाली छिटोछरितो बनाउन हामीले केन्द्रमा शाखा विस्तार र जनशक्ति खटाउन माग गरेका छौँ ।” 

बझाङमा चैनपुर, तलकोट र बिसौनाबाट सर्वसाधारणलाई खाद्यान्न वितरण हुने गरेको छ । दार्चुलामा पारिबगर, खण्डेश्वरी र सुनसेरास्थित खाद्य डिपोबाट खाद्यान्न बिक्री वितरण हुने गरेको खाद्य संस्थानले जनाएको छ । बैतडीमा पुच्यौडीहाट, मेलौली र कुलाउ डिपोबाट वार्षिक १० हजारभन्दा बढी क्विन्टल खाद्यान्न बिक्री वितरण हुने गरेको छ । अछाममा मंगलसेन शाखाका साथै कमलबजार र विनायक डिपोबाट खाद्यान्न वितरण हुने गरेको संस्थानले जनाएको छ । 

खाद्य संस्थानले दार्चुला र बैतडीमा ६–६ हजार क्विन्टल, अछाममा दुई हजार ५०० क्विटल चामल र गहुँ पठाउने तयारी गरिरहेको छ । “अहिलेसम्म खाद्यान्नको अभाव भएको छैन,” संस्थानका निमित्त कार्यालय प्रमुख पन्तले भन्नुभयो, “ढुवानी लागतअनुसार खाद्यान्नको मूल्य पाँचवटै जिल्लामा फरक छ ।” 

द्वन्द्वकालमा बाजुराबाहेक सबै जिल्लामा खाद्यान्न बिक्री वितरण प्रभावित थियो । खाद्यान्न वितरण व्यवस्थित बनाउन कर्मचारी खटाउने काम भइरहेको पन्त बताउनुुहुन्छ । समयमै ठेकेदार कम्पनीमार्फत खाद्यान्न पुर्याइरहेकाले खाद्यान्न समस्याको गुनासो नआएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य