२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय पुस्तक नीति ल्याउनुपर्नेमा जोड

१६ माघ २०७४, मंगलवार १२:०७

माघ १६, पोखरा | शिक्षा राष्ट्र विकासको आधार भएकाले नेपालीमा पठन संस्कृतिको विकास आवश्यक रहेकामा जोड दिइएको छ । 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आज पोखरामा सम्पन्न ११औँ वार्षिक साधारणसभा एवम् विधान अधिवेशनका सहभागी वक्ताहरुले पाठक, लेखक र प्रकाशक सबै पक्षलाई समेटर राष्ट्रिय पुस्तक नीति ल्याउनुपर्ने धारणा व्यक्त गरे । 

साधारणसभाको उद्घाटन गर्दै नेकपा (एमाले)का नेता एवम् प्रतिनिधि सभा सदस्य रवीन्द्र अधिकारीले बिक्री–वितरण एवम् प्रशासनमा देखिएका विकृतिको अन्त्यका लागि सरोकारवाला सबैको चासो पुग्नु आवश्यक रहेको बताउनुभयो । 

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीय व्यवस्थाअनुसार अबका नीति बन्ने बताउँदै पुस्तक तथा स्टेशनरी व्यवसायीका सकारात्मक मागमा महानगरले सहयोगी भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष हरिप्रसाद अर्यालले विधान अधिवेशनले पाठक, लेखक, प्रकाशक तथा व्यवसायी सबैका हितलाई समेट्ने गरी विधान संशोधन गरिन लागेको जानकारी दिनुभयो । 

महासंघका पूर्वअध्यक्ष एवम् सल्लाहकार सभापति धनराज आचार्यले पुस्तकको खरिदकर्ता बढे पनि पठन संस्कृतिको विकास हुन नसकेको बताउनुभयो । 

साधारण सभामा मुलुकका ७७ जिल्लाका २०० प्रतिनिधिको सहभागिता रहेको महासंघका केन्द्रीय सचिव ऋषिराम शर्माले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की