Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुजीत स्मृती पुस्तकालयको हाजीरी जवाफ/कविता र बक्तृत्व कला प्रतियागिता सम्पन्न

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भास्कर के.सी | माघ १७, कञ्चनपुर | मंगलबार शहिद दिवशको अवशर पारेर सुजीत स्मृती पुस्तकालयले स्वर्गीय सुजीत हमालको स्मृतीमा हाजीरी जवाफ ÷कविता र बक्तृत्व कला प्रतियोगिताको आयोजना गरेको छ ।

उक्त प्रतियोगितामा १८ वटा विद्यालयहरुको सहभागिता रहेको थियो र हाजीर जवाफ प्रतियोगितामा सनराइज पब्लीक स्कुलका देवेन्द्र चौधरी, झरना देवकोटा प्रान्शु अर्याल प्रथम, जेसीज माध्यमिक विद्यालय राजीपुरका अनीता विष्ट, निरज भट्ट, गोवीन्द धामी द्वितिय र महेन्द्रनगर मा.वि. साधारणका सरोज भट्ट, निरज विष्ट र श्रृष्टि तृतीय भएका छन् । कविता प्रतियोगिता तर्फ जानकी कन्या माध्यमिक विद्यालयकी कविता जोशी प्रथम ग्लोबल विद्यालयका शुभम भट्ट द्वितिय र ग्रिनल्याण्डका अंकीत चन्द तृतिय भएका छन् यसैगरी बकतृत्व कला तर्फ ज्ञानदीप विद्या मन्दीरका हेमन्त सिंह प्रथम, सनराइज पब्लीक स्कुलको अस्मीता शाही द्वितिय र फलोरीडा स्कुलकी मोनालीका टेलर तृतीय भएकी छन ।

वरिष्ठ पत्रकार तथा सुजीत स्मृती पुस्तकालयका अध्यक्ष चित्राङ्ग थापाको सभापतित्वमा भएको उक्त प्रतियोगितामा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्य रेहेको थियो, स्वागत मन्त्वय शुनिल ओझाले राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन पुस्तकालयका  सचिव विमल खडायतले गर्नु भएको थियो साथै गजलकार गगन चुम्बनले आफनो प्रकाशीत काका भन्ने गजलको पुस्तक र रमेश पन्त मितबन्धुले आकृती भन्ने पुस्तक विभिन्न विद्यामा विजयी छात्र छात्रालाई वितरण गर्नु भएको थियो । प्रतियोगिता विजेताहरुको प्रथम पुरुस्कार विपिन बुक्स एण्ड स्टेशनरी गली नं. १ महेन्द्रनगरले प्रायोजन गरेको थियो ।