३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुजीत स्मृती पुस्तकालयको हाजीरी जवाफ/कविता र बक्तृत्व कला प्रतियागिता सम्पन्न

१७ माघ २०७४, बुधबार ०१:४३

भास्कर के.सी | माघ १७, कञ्चनपुर | मंगलबार शहिद दिवशको अवशर पारेर सुजीत स्मृती पुस्तकालयले स्वर्गीय सुजीत हमालको स्मृतीमा हाजीरी जवाफ ÷कविता र बक्तृत्व कला प्रतियोगिताको आयोजना गरेको छ ।

उक्त प्रतियोगितामा १८ वटा विद्यालयहरुको सहभागिता रहेको थियो र हाजीर जवाफ प्रतियोगितामा सनराइज पब्लीक स्कुलका देवेन्द्र चौधरी, झरना देवकोटा प्रान्शु अर्याल प्रथम, जेसीज माध्यमिक विद्यालय राजीपुरका अनीता विष्ट, निरज भट्ट, गोवीन्द धामी द्वितिय र महेन्द्रनगर मा.वि. साधारणका सरोज भट्ट, निरज विष्ट र श्रृष्टि तृतीय भएका छन् । कविता प्रतियोगिता तर्फ जानकी कन्या माध्यमिक विद्यालयकी कविता जोशी प्रथम ग्लोबल विद्यालयका शुभम भट्ट द्वितिय र ग्रिनल्याण्डका अंकीत चन्द तृतिय भएका छन् यसैगरी बकतृत्व कला तर्फ ज्ञानदीप विद्या मन्दीरका हेमन्त सिंह प्रथम, सनराइज पब्लीक स्कुलको अस्मीता शाही द्वितिय र फलोरीडा स्कुलकी मोनालीका टेलर तृतीय भएकी छन ।


वरिष्ठ पत्रकार तथा सुजीत स्मृती पुस्तकालयका अध्यक्ष चित्राङ्ग थापाको सभापतित्वमा भएको उक्त प्रतियोगितामा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्य रेहेको थियो, स्वागत मन्त्वय शुनिल ओझाले राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन पुस्तकालयका  सचिव विमल खडायतले गर्नु भएको थियो साथै गजलकार गगन चुम्बनले आफनो प्रकाशीत काका भन्ने गजलको पुस्तक र रमेश पन्त मितबन्धुले आकृती भन्ने पुस्तक विभिन्न विद्यामा विजयी छात्र छात्रालाई वितरण गर्नु भएको थियो । प्रतियोगिता विजेताहरुको प्रथम पुरुस्कार विपिन बुक्स एण्ड स्टेशनरी गली नं. १ महेन्द्रनगरले प्रायोजन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली