१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नेपालको भुमिमा बाटो बनाउदा भारतको अबरोध

१७ माघ २०७४, बुधबार ०७:०८

माघ १७, भीमदत्तनगर | कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर विवाद समाधान गर्ने सहमति भएको छ । 

केही दिनअघि सडकघाटमा आफ्नै भूमिमा सडक बनाउने क्रममा भारतीय सुरक्षाकर्मीले दशगजामा पर्ने भन्दै अवरोध पुर्याएको बेलौरीका स्थानीयवासीको दाबी छ । उक्त विषयलाई लिएर विवाद बढाउनुभन्दा संयुक्त सर्वे टिमले समस्या समाधान गर्ने भन्दै सो विषयमा अनावश्यक अपवाह नफैलाउने सहमति बनेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रदेशसभा सदस्य कुलवीर चौधरी, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी, इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बम, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट बेलौरीका भीमसिंह थापा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) कम्पोजनगरका प्रमुख सन्दीपकुमार सिंहलगायत स्थानीय बुद्धिजीवीको छलफलसमेत भएको थियो । 

सो छलफलमा सीमानाकामा आवागमनमा दुवै पक्षबाट कुनै किसिमको अवरोध नगर्ने, सद्भाव कायम राख्ने र सीमामा हुने अपराधको रोकथामका लागि संयुक्त गस्ती गर्ने सहमति भएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले जानकारी दिनुभयो । उक्त विषयमा मंगलबार दुवैपक्षबीच सडक निर्माणस्थलमै सहमति भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार