Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 31, 2018 अछाम - ACM, समाज

छाउपडी कुप्रथाको दमनका लागि जस्तोसुकै आन्दोलन गर्न तयारः लामा

By साझासवाल 8 मिनेट पढाइ

कमल रावल | माघ १७, अछाम | अनेरास्ववियूका केन्द्रिय अध्यक्ष नविना लामाले निरंकुशताको रुपमा रहेको छाउपडी कुप्रथाको दमनका लागि बिद्यार्थि संगठन जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताउनुभएको छ । आज अछाम सदरमुकाम मंगलसेनमा ३ वटा बिद्यार्थि संगठनले संयुक्त रुपमा आयोजना गरेको छाउपडी कुप्रथा अन्त्यका लागि हाम्रो सरोकार हाम्रो कर्तब्य बिषयक बृहत अन्तरकृया कार्यक्रममा प्रमुख अतिथीको आशनवाट बोल्दै लामाले सो कुरा बताउनुभएको हो ।

नेपाली जनताकी छोरी राष्ट्रपती, सभामुख र प्रधानन्यायधिस भईसकेको नेपाल जस्तो देशमा तमाम महिला तथा किसोरीहरु महिनाबारी भएकै कारण पशु सरह गोठमा बसेर ज्याँन गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको बताउनुभयो । यस्तो जर्जर अवस्थाको मुक्ति र महिला अधिकारको सुनिश्चित गर्न तथा कुरिती रहित समाज बनाउनका लागि नेविसंघ, नेरास्ववियू र अखिल क्रान्तिकारी बिशेष अभियान लिएर अघि बढेको बताउनुभयो । सुदूरपश्चिमा बिभिन्न ठाउँमा कसैको सहयोग बिना तिनै संगठनले यस्ता अन्र्तक्रियाहरु सञ्चालन गर्ने लामाले बताउनुभयो । युवा बिद्यार्थिको जोश जाँगर र सक्रियताबाट नै छाउपडी जस्तो कुप्रथा अन्त्य हुने उहाँको भनाई थियो । सामन्तबादको अवसेशका रुपमा रहेको छाउपडी कुप्रथा अन्त्य नभएसम्म महिलाको मुक्ति हुन नसक्ने भन्दै सुदूरपश्चिमको सुन्दरता जस्तै यहाँका महिलालाई गरिने ब्यावहार समेत परिवर्तन हुनुपर्ने बताउनुभयो । अब यो कुप्रथा बिरुद्ध बिद्यार्थि संगठनले चलाएको अभियानलाई स्थानीय तह र जनप्रतिनिधी लगायत सबै सरोकारवाला जाग्नुपर्ने बताउनुभयो ।

युवा बिद्यार्थि समाज विकास र परिवर्तनको प्रमरुख सम्वाहक भएकाले सुदूरपश्चिमका महिलामाथि भएको बिभेद र हिंसाका बिरुद्ध कडा रुपमा परिचालित भएर छाउपडी कुप्रथा अन्त्यका लागि आन्दोलनमा होमिनुपर्ने बताउनुभयो । कार्यक्रमका बिशिष्ट अतिथी अछाम क्षेत्रनम्वर २ का प्रतिनिधि सभा साँसद यज्ञ बहादुर बोगटीले सबै सरोकरवाला जुटेर छाउपडी कुप्रथा अन्त्यको अभियान चलाउने हो भने ६ महिनाभीत्र छाउगोठमुक्त जिल्ला र कुरिती मुक्त समाज र्मिाण गर्न सकिने बताउनुभयो । छाउपडी कुप्रथा बिरुद्ध सबै स्थानीय तहले बिशेष अभियान सञ्चालन गर्नुपर्ने भन्दै साँसद बोगटीले छाउपडी मान्ने र गोठमा बस्ने तथा बसाउनेहरुलाई सबैप्रकारका सरकारी सुविधाबाट बञ्चित गराँउने अभियान समेत चलाउनुपर्ने उल्लेख गर्नुभयो । ३ वटा बिद्यार्थि संगठनले सञ्चालन गरेको कुरिती कुप्रथा बिरुद्धको अभियान निकै सकारात्मक प्रशंसनिय रहेको भन्दै यो अभियानमा आफ्नो निरन्तर सहयोग रहने बताउनुभयो । नेविसंघ अछामका सचिव बम बहादुर स्वारको अध्यक्षतामा भएको अन्र्तक्रियामा नेविसंघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाहीले धर्मका नाममा हुने कुसंस्कार कुरिती बिरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।

यस्तै अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष बिजय गौतम सामाजिक चेतनालाई नेतृत्व सहित सबैले अघि बढाएर कुरिती अन्त्यका लागि अरुमाथि दोष थुपार्नु भन्दा सबैले आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमालेका जिल्ला सचिवालय सदस्य चन्द्र बोहरा, काँग्रेस अछामका उपसभापती चन्द्रप्रसाद ढुंगाना, माओवादी केन्द्रका महाँदीवेशन आयोजक कमिटी सदस्य गोबिन्द साउद, मंगलसेन नगर उपप्ररमुख सरिता उपाध्याय, रामारोशन गाउँपालिका उपाध्याक्ष सरस्वती रावल, साँफेबगर नगरप्रमुख कुल बहादुर कुवर, निमित्त प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचा, महिला विकास कार्यालयका निमित्त प्रमुख मञ्जु महतले सुझाव सहितको मन्त्ब्य राखेका थिए  । कार्यक्रममा सहभागीहरु र अतिथी तथा सरोकारवालाहरु बिच छाउपडी कुप्रथाका बिषयमा दोहोरो अन्र्तक्रिया समेत गरिएको थियो । अनेरास्ववियू अछामका अध्यक्ष तिलक ठकुल्लाले स्वागत मन्तब्य राख्नुभएको अन्र्तक्रिया कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष गम्भिर साउदले गर्नुभएको थियो । अन्र्तक्रियाको रेडियो रामारोशनबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।