Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहा: सखुवा नान्कारकट्टीको बजेट करिब १९ करोड

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १९, लहान । सिराहाको सखुवा नान्कारकट्टी गाउँपालिकाको पहिलो गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि १८ करोड ८४ लाख ३४ हजार ७६६ को बजेट पारित गरेको छ ।

विहिबार भएको गाउँसभाले आव २०७४÷०७५ मा अनुदानबापत रु ११ करोड ९९ लाख ४५ हजार, गत वर्षको बैंक मौज्दात अल्याबाट रु ५८ लाख १५ हजार ७६६, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट रु ११ करोड ९९ लाख ४५ हजार, सशर्त अनुदान रु छ करोड तीन लाख ४४ हजार र आन्तरिक आय (मालपोत तथा राजश्व बाँडफाँड) स्रोतको अनुमानित रु २३ लाख ३० हजार गरी रु १८ करोड ८४ लाख ३४ हजार ७६६ को बजेट पारित गरेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो ।

चालू खर्चतर्फ रु दुई करोड ९३ लाख ६५ हजार, पूँजीगततर्फ छ करोड ९७ लाख २५ हजार ७०० विनियोजन गरेको छ भने वडास्तरीय कार्यक्रमका लागि रु दुई करोड ९० लाख, सशर्त अनुदान (कृषि, पशु, शिक्षा र स्वास्थ्य) तर्फ रु छ करोड तीन लाख ४४ हजार विनियोजन गरेको अध्यक्ष यादवले बताउनुभयो ।

त्यस्तै, शिक्षातर्फ प्रत्येक वडामा एउटा नमूना विद्यालय बनाउनका लागि बजेट विनियोजन गरेको छ भने सो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गराउने योजना रहेको जनाइएको छ ।

गाउँसभाले विकास निर्माणतर्फ ठोस योजनाका रूपमा २५ किलोमिटर ग्राभेल रिङरोडको विस्तार गर्ने लक्ष्यअनुरुप चालू आवभित्रै दुई किलोमिटर सडक कालोपत्रे गर्ने योजना पारित गरेको अध्यक्ष यादवको भनाइ छ ।

यसैगरी, गाउँसभाले दलित समुदायलाई गाउँपालिकाबाट हुने सिफारिश दस्तुरमा ५० प्रतिशत छुट दिने निर्णय पारित गरेको जानकारी दिनुहुँदै अध्यक्ष यादवले स्वास्थ्यतर्फ गाउँपालिकाको एम्बुलेन्स खरिद प्रक्रिया र स्वास्थ्य संस्था सुधार गर्नका लागि आवश्यक बजेट विनियोजन गरेकोसमेत बताउनुभयो । रासस