२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै (फोटो फिचर सहित)

२०७४, १९ माघ शुक्रबार १३:२४

मनोज पराजुली | माघ १८, काठमाडौं | बैदेशिक रोजगार व्यवसायीहरुलाई पारदर्शी भएर व्यवसाय संचालन गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । शुक्रबार शुरु भएको प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मञ्चको वार्षिक साधरणसभा तथा चौँथो अधिवेशनलाई संम्बोधन गदै उनीहरुले व्यवसायिक मर्यादा भित्र रहेर व्यवसाय संचालन गर्न आग्रह गरेका हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व  गर्भनर युवराज  खतिवडाले राष्ट्रिय अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा उल्लेख्य रहेको भन्दै बैदेशिक रोजगारीलाई  अझ व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले भने “बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारीका अवसर वृद्धि गर्न तत्पर हुनुपर्छ तवमात्र यसको सार्थकता रहन्छ ।’’ बैदेशिक रोजगारीमा जाने  नेपाली कामदारहरुको सामाजिक सुरक्षाको अवस्था दयनीय रहेको भन्दै यसतर्फ सुधार गर्न उनले सरकारी निकायको ध्यानाकर्षण समेत गरे ।


नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले विकास नीति देशको श्रम बजारसँग मेल खाने हुनुपर्नेमा जोड दिए । बैदेशिक रोजगार व्यवसायमा हाल देखिएको समस्या समाधान गर्न अब बन्ने बाम गठबन्धन सरकारले पहल गर्नेछ उनले भने “व्यवसायीले पनि पारदर्शी तरिकाले व्यवसाय संचालन गदै नयाँ श्रम बजारको खोजि गर्नतर्फ लाग्नुपर्छ ।’’ 


नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पुर्व अध्यक्ष बलबहादुर तामाङले बैदेशिक रोजगार ऐनको कारणले व्यवसायीहरुले सहज तरिकाले व्यवसाय गर्न नसकेको जिकिर गरे । उनले भने “बैदेशिक रोजगार ऐनको दफा १५,१९ संम्सोधन गरी हटाउनुपर्छ र  हालको सेवा शुल्क व्यवहारिक नभएकोले कामदारको एक महिना बराबरको तलब सेवा शुल्कको रुपमा व्यवसायीले लिन पाउनु पर्छ ।” खाडी मुलुकले स्थानीय कामदारलाई प्राथमिकता दिन थालेको भन्दै नेपाली कामदारको लागि नयाँ श्रम गन्तव्यको खोजी गर्नुपर्ने आवश्यकता रहेकोमा पुर्व अध्यक्ष तामाङले जोड दिए ।


प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मन्चका कार्यबाहक अध्यक्ष हरिबहादुर क्षेत्रीले सरकारले आँफै १ लाखमा नेपाली कामदार विदेश पठाउने तर व्यवसायीलाई दश हजारमा विदेश पठाउनुपर्ने बाध्यता खडा गर्नु कत्तिको उचित हो भन्दै प्रश्न गरे । श्रम मन्त्री स्वयमं लगानी गरेर आउने गरेको भन्दै उनले व्यवसायीलाई धम्क्याएर मुनाफा लिएर जाने प्रवृतिले बैदेशिक रोजगार क्षेत्र व्यवस्थित हुन नसकेको आरोप लगाए ।  


प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको शुक्रबार शुरु चौँथो अधिवेशनमा आगामी अध्यक्षका लागि कार्यवाहक अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री, वरिष्ठ उपाध्यक्ष भिष्मराज शर्मा शिवाकोटी, महासचिव राजेन्द्र भण्डारी र सल्लाहकार चित्रगुप्त साँवा लिम्बू आकांक्षी देखिएका थिए । सर्व सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भएपनि संम्भव हुन नसकेपछि अहिले मनोनयन दर्ता प्रक्रिया शुरु भएको छ । मञ्चको अधिवेशन अहिले राजधानीको नयाँ बानेश्वरस्थित अल्फाबिटा हाउसमा चलिरहेको छ । 


मञ्चका तत्कालीन अध्यक्ष नरेश गेलाल राजिनामा गरेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा उम्मेदवार बनेपछि पाण्डे कार्यवाहक अध्यक्ष, शर्मा वरिष्ठ उपाध्यक्ष, भण्डारी महासचिव र लिम्बू सल्लाहकारको जिम्मेवारीमा रहँदै आएका छन् । चौथो अधिवेशनले आजै मंचको नयाँ कार्यसमिति चयन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल