2026-09-14 08:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया: राजापुरमा जग्गाधनी पुर्जा वितरण

माघ २०, बर्दिया । प्रमुख व्यापारिक केन्द्र राजापुर बजारमा जग्गाधनी पुर्जा वितरण प्रक्रिया शुरु भएको छ । 

लालपुर्जाविहीन राजापुरमा जग्गा दर्ता समितिको कार्यालय खुलेर जग्गाधनी पुर्र्जा वितरणको प्रक्रिया सरकारको २०७४ पुस १३ गतेको निर्णयअनुसार वितरण हुने भएको छ । 

भूमि सुधार तथा व्यवस्थामन्त्री गोपाल दहितको पहलमा सो निर्णय भएसँगै वर्षौंदेखि जग्गाधनी पुर्जा अभावमा विभिन्न समस्या झेल्दै आएका राजापुरवासीले राहत महसुस गरेका छन् । 

पुर्जा वितरणका लागि राजापुरस्थित मालपोत कार्यालयमा बहाल बिटौरी जग्गा दर्ता समितिको कार्यालय स्थापना भई काम अगाडि बढाइएको छ । यतिबेला जग्गाधनीले राजापुर नगरपालिकाबाट सिफारिश लिएर समितिको कार्यालयमा निवेदन दर्तासमेत गर्न थालिसकेका छन् । 

राजापुर मालपोत कार्यालयका प्रमुख एवं वहाल विटौरी जग्गा दर्ता समिति कार्यालयका अध्यक्ष वागेश्वरदत्त ओझाले जग्गा दर्ता सम्बन्धमा राजपत्रमा उल्लेख भएका कुरा त्रुटिपूर्ण भएकाले सम्बन्धित विभाग तथा मन्त्रालयसँग समन्वय गरी काम अगाडि बढाइने बताउनुभयो । 

विसं २०१८ मा बसेको बजारलाई मन्त्री दहितले दुई महिनाभित्र पुर्जा वितरण गरिने बताउनुभयो । “अब संकलन पुर्जा वितरणको प्रक्रिया शुरु भइसकेको छ”, उहाँले भन्नुभयो, “यस कार्यमा सबैको सहयोग रहे यसले चाँडै पूर्णता पाउनेछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ