2026-09-19 09:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्बतको महाशिला गाउँपालिकामा एक घर एक रोजगार अभियान शुरु, ६ सय जनालाई आवेदन खुल्यो

माघ २१, पर्वत । पर्वत ‘एक घर एक रोजगारी’ दिने गरि महाशिला गाउँपालिकाले कार्ययोजना तय गरेको छ । गाउँपालीकाले स्थानीय स्तरमै वेरोजगारलाई रोजगार दिन यो योजना कार्यान्वयन गरेको हो । गाउँपालिकाका ६ वटै वडाका १८ देखि ३५ वर्षका यूवाहरुलाई कार्यक्रममा समाबेश गरिने भएको छ । गाउँपालिकाका ६ सय यूवालाई स्वयंसेविको रुपमा नियुक्त गरेर मासिक ६ हजार तलव र दैनिक २५ रुपैयाँ खाजा खर्च दिएर नियुक्त गर्न लागिएको हो । मासीक ६ हजार पाउनेहरुले महिनामा अनिवार्य १५ दिन काम गर्नुपर्ने छ । भने १५ दिन घरको काम गर्न सक्ने छन् । यसरी हेर्दा दैनिक ४ सय रुपैया काम गरे वापत पर्ने छ । वेरोजगारलाई मात्र छनौट गर्ने र एकाघरमा सरकारी जागिर खाने व्याक्ति भएमा त्यस्तालाई कार्यक्रममा समाबेश नगरिने गाउँपालिकाको योजना छ ।

गाउँपालिकाका अध्यक्ष राजु पौडेलका अनुसार स्वयंसेवकलाई दुई महिना सीपमुलक र व्यवसायिक तालिम दिने गाउँपालिकाले जनाएको छ । उनीहरुलाई सिकर्मी, डकर्मी, दक्ष मिस्त्री, प्लम्विङ, पाईपलाईन, वाटो मर्मत, स्वास्थ्य, खेलकुद, एकेडेमी, नाच, गायन, नाटक, होटल व्यवस्थापन, शिक्षा, कृषि, परम्परागत वाँस र काठका सामाग्री वनाउने तालीम दिईने भएको छ । त्यस्तै छनौट भएका यूवालाई १ महिना सम्म कार्यमुलक अनुसन्धानमुलक कार्यमा काम गरेर उनीहरुको दक्षता निक्र्यौल गरि परिचालन गरिने जनाइएको छ ।

गाउँपालिकाले कृषि, शिक्षा, पर्यटन,स्वास्थ्य, सडक, हाउजिङ जस्ता क्षेत्रमा यूवाहरुलाई परिचालन गर्ने योजना अनुसार स्थानीय स्तरमा रोजगारी दिने यो कार्यक्रम ल्याएको जनाइएको छ । गाउँपालिकाले स्थानीय तहमा जनप्रतिनिधी आएपछिको ८ महिनामा गरेका कार्य र आगामी दिनमा गर्ने कार्यहरुको वारेमा पनि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । गाउँपालिकाका अध्यक्ष पौडेलले गाउँपालिकाले सम्पन्न गरेका कार्य र आगामी दिनमा गर्ने योजनाको वारेमा जानकारी दिए । गाउँपालिकाका अध्यक्ष पौडेलले कृषि, शिक्षा, पर्यटन र रोजगारीको क्षेत्रमा गर्ने कामको १० पृष्ठ लामो कार्ययोजना सार्वजनिक गरेका छन् ।

उनले कृषि, शिक्षा, पर्यटनका माध्यमवाट घर घरमा आर्थिक समृद्धि र रोजगारी सृजना गर्न सकिने भएकाले यि चार क्षेत्रलाई एकअर्का संग सम्वन्धित वनाएर योजना तय गरिएको वताए । कृषि अन्तर्गत तरकारी ढुवानीमा अनुदानको व्यवस्था भैसकेको छ । त्यस्तै गाउँपालीकाले टनेलको व्यवस्था गर्ने, साना सिँचाईको व्यवस्था गर्ने, निशुल्क वीउको व्यवस्था गर्ने योजना रहेको छ ।

अलैँची, लप्सी, मौरीपालन, च्याउखेती, वाख्रापालन, भैसीपालन, पाडापाडी पालन जस्ता कृषि संग सम्वन्धित कार्यक्रम लाई अनुदानको व्यवस्था गरिएको छ । सुन्तला, तरकारी, कफि, लप्सी, अलैँची र चियाको पकेट क्षेत्र वनाएर कृषिको विकासमा गाउँपालिका लागिपर्ने योजना पारित भैसकेको छ । गाउँपालीकाले शिक्षाको क्षेत्रमा पनि दुरगामी योजना वनाएर लागु गरेको छ ।

यहि वर्षदेखि सबै विद्यालयमा खाजा कार्यक्रम सञ्चालन भैसकेको छ । गाउँपालिकाका अध्यक्ष पौडेलका अनुसार सबै विद्यालयमा अंग्रेजी माध्यमको पढाई सञ्चालन गर्ने तयारी छ । गाउँपालीकाले ७ मिटर फराकिलो वाटो वनाउँदैछ । सबै वडामा रहेका काठेपोललाई विस्थापित गर्न यस वर्ष ४ सय वटा फलामका पोल खरिद गरिएको छ । ५ वटा वडामा एक घर एक धारा पुराउने योजना शूरु गरेको छ । जिल्लामा नै अति आवश्यक देखिएको फलामखानीमा लिप्ट खानेपानीको शरु गएिको छ ।

६ वटा वडा रहेको महाशिलाका सबै वडामा वडा कार्यालयको भवन वनाउने योजना समेत गाउँ कार्यपालीकाले पारित गरेको छ । ईन्रनेटको व्यवस्था सबै वडामा पुगेको छ । व्याक्तिगत घटना अव कम्प्युटरको माध्यम मार्फत राख्ने कार्य शुरु भैसकेको छ । विनियोजित कूल वजेटको ३० प्रतिशत रकम खर्च भईसककेको अध्यक्ष राजू पौडेलले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई