2026-07-24 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा पहिलो पटक महिला

कमल रावल | माघ २१, अछाम | नेपाल राष्ट्रिय शिक्षक संगठन अछामको ११ औं जिल्ला अधिवेशन नयाँ जिल्ला समिति चयन गर्दै सकिएको छ । अधिवेशनको बन्द सत्रले पहिलोपटक महिलालाई नेतृत्व दिँदै ईतिहास कायम गरेको छ । 

यस अघि महिला उपाध्यक्ष पदमा रहनुभएकी चन्द्रोदय आधारभूत विद्यालय भागेश्वरमा कार्यरत जानकी बोहरा आगामी कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको छ । दूई दिन लगाई सर्बसम्मतिबाट नेतृत्व चयन भएको नेपाल राष्ट्रिय संगठन अछामको महिला उपाध्यक्षमा यस अघि सहसचिव रहनु भएकी गीता ढुंगाना र पुरुष उपाध्यक्षमा धर्मराज साउँद निर्विरोध निर्वाचित भएका छन् । 

संगठनको सचिवमा सर्पराज जैसी रिमाल, कोषाध्यक्षमा कृष्ण विक, सहसचिवमा सकुन्तला आउजी तथा सहकोषाध्यक्ष ममता जोशी चयन हुनुभएको छ । अधिवेशनको बन्द सत्रबाट केन्द्रीय प्रतिनिधिमा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तिलक कुँवर, निवर्तमान अध्यक्ष नरबहादुर रावल, शारदा विष्ट कुँवर र नेत्र बहादुर बुढालाई छनौट गरेको छ । नव निर्वाचत पदाधिकारीलाई बन्द सत्र अध्यक्ष मण्डलका अध्यक्ष रत्नप्रसाद ढुंगानाले सफत खुवाउनुभएको थियो । 

यसअघि बन्द सत्रको पहिलो दिन शनिवार सचिव युवराज शर्माले प्रस्तुत गर्नुभएको सांगठनिक तथा समसामयिक प्रतिवेदन तथा कोषाध्यक्ष रामबहादुर शाहीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । अधिवेशन माघ १९ गते एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक