2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिद्धार्थ बैंकद्वारा वृद्दाश्रमलाई आर्थिक सहयोग

माघ २२, म्याग्दी | सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको छ । 

आइतबार बेनी शाखाको उद्घाटनका अवसरमा बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेल, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीलाई रु दुई लाख ११ हजार १११ को अक्षयकोष स्थापनाका लागि नगद हस्तान्तरण गर्नुभएको हो । 

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धवृद्धाको बसोबासलाई सहज बनाउने उद्देश्यले कोषको स्थापना गरेको बैंकका बेनी शाखा प्रमुख गणेश पाठकले बताउनुभयो । “वित्तीय कारोबारबाहेक सामाजिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौँ । 

तातोपानीका सबै कुण्ड र धारालाई व्यवस्थित गरिने 

प्राकृतिक उपचारस्थलका रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीको विभिन्न स्थानमा भेटिएका तातोपानीको मुहान र धाराहरूलाई संरक्षणका साथै व्यवस्थित गरिने भएको छ । 

प्राकृतिक उपचारस्थलका रूपमा स्वदेश तथा विदेशमा चर्चित तातोपानीमा मुख्य कुण्डका अतिरिक्त म्याग्दी नदीको किनारमा थप तीनवटा तातोपानीका मुहानहरू भेटिए पनि अलपत्र अवस्थामा रहेको समाचार गत मंसिरमा राससमार्फत विभिन्न सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण भएपछि स्थानीयवासीले विभिन्न स्रोत जुटाएर संरक्षण गरी व्यवस्थित गर्न लागेका हुन् । “तातोपानी गाउँको पहिचान हो, हामीले यहाँका स्रोतहरूको संरक्षणमा प्राथमिकता दिएका छौँ,” तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भन्नुभयो । उहाँले छिमेकी मंगला गाउँपालिकाको बरंजातर्फ समेत तातोपानीका प्रशस्तै मुहान रहेका बताउनुभयो । उहाँले भेटिएका तातोपानीका मुहानलाई संरक्षण गर्नाका साथै त्यहाँ धाराहरू बनाइएको जानकारी दिनुभयो । 

म्याग्दी खोला कटान र गहिराइसँगै उक्त स्थान वरपर फरक–फरक विशेषता र तातोपानी भएका मुहान भेटिन थालेपछि स्थानीयवासी समेत उत्साहित छन् । खोला नजिक रहेकाले बर्खाको समयमा मुहान पुरिने गरेका थिए । तातोपानी कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न आउन थालेपछि सार्क राष्ट्र र एशियाली मुलुकमा तातोपानीको व्यापक प्रचारप्रसार भइरहेको अध्यक्ष शाक्यले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई