२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनकुटामा सडक सञ्चालन भएपछि स्थानीयवासी हर्षित

२२ माघ २०७४, सोमबार ०७:२७

माघ २२, धनकुटा | धनकुटाको लेगुवाघाट हुँदै संखुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आए सँगै स्थानीयवासी हर्षित भएका छन् । 

ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई वर्षअघि निर्माण थालेको पाँच मिटर चौडा १२ किलोमिटर लम्बाइ रहेको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि अनुमति दिएपछि स्थानीयवासीमा खुशी छाएको छ । 

परियोजनाले जिल्ला प्राविधिक कार्यालयमार्फत रु १६ करोड ८२ लाख लागतमा निर्माणाधीन सडकको नालीबाहेक माटो कटिङ, टेवापर्खाल, मोडसुधार, ग्राभेल लगायत अन्य स्ट्रक्चरको ९५ प्रतिशत काम सम्पन्न भए सँगै स्थानीयवासीले यातायात सञ्चालन गर्न थालेको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ । 

सडक सञ्चालनमा आएपछि धनकुटाकाको महालक्ष्मी नगरपालिकाभित्र पर्ने चानुवा, डाँडागाउँ, जितपुर, मारेक कटहरे, लेगुवालगायत संखुवासभा जिल्लाका विभिन्न गाउँपालिकाका बासिन्दालाई कृषि उपज बजार लैजाने एवं यातायात सेवा सहज भएको स्थानीयवासी लेखनाथ पौडेलले बताउनुभयो । 

ग्रामीण क्षेत्रमा उत्पादन हुने अदुवा, अलैँची, दूध, तरकारी एवं खाद्यन्न बाली संखुवासभाको मुढे शनिश्चरे र धनकुटाको लेगुवाबजार हुदै बाहिर निकासी सहज बनेको पौडेलको भनाइ रहेको छ । सवारी साधन सञ्चालन भएसँगै धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाको संगममा रहेको पर्यटकीय स्थल तीनजुरे मिल्के जलजले गुराँस अवलोकन गर्न एवं मध्य पहाडी लोकमार्गमा जोड्ने यस क्षेत्रको सबैभन्दा छोटो सडक बनेको स्थानीयवासी बताउँछन् । 

संखुवासभाबाट धनकुटाका उत्तरी क्षेत्र र भोजपुर जिल्ला दक्षीणी भेगतर्फ जान छोटो दूरीको सडक उपयोगी एवं सहज हुने महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताउनुभयो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने