७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन

२२ माघ २०७४, सोमबार ०८:४९

माघ २२, काठमाडौँ | सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पुर्याउने उद्देश्यका साथ सरकारले जनतालाई प्रत्येक लाभ हुने गरी द्रुत गतिमा काम गर्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

टेलिकमको १४औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रमको उट्घाटन गर्दै मन्त्री बस्नेतले टेलिकमका आन्तरिक समस्यालाई आन्तरिक रूपमै समाधान गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमका कर्मचारीलाई आह्वान गर्नुभयो । 

“सबैले आफ्ना कमीकमजोरी सुधार गरी कम्पनी र जनताका लागि सामूहिक भावनाका साथ काम गर्नुपर्छ, त्यसो गरेमा मात्र निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न सकिन्छ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले भन्नुभयो । 

मन्त्री बस्नेतले नेपालका प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पुर्याउने उद्देश्यका साथ सरकारले शुरूमा कम्तीमा १४ जिल्लामा काम शुरू गरिसकेको जानकारी दिनुभयो । 

सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले निजी कम्पनीसँगको कडा प्रतिष्पर्धा गर्नुपर्ने सन्दर्भमा सामूहिक उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका अध्यक्ष दीगम्बर झाले नेपाल टेलिकमले जनतालाई ठग्न नदिन सफल भए पनि प्रतिष्पर्धामा भने ओरालो लाग्दै गएको छ भन्नुभयो । 

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले १४ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक करिब चार लाख २२ हजारमात्र रहेकामा अहिले कम्पनीले मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा तारसहित र तारसहितका सेवा तथा सेवा सञ्चालनमा ल्याएपछि कम्पनीको ग्राहक आधारमा निरन्तर वृद्धि भई एक करोड ८५ लाख नाघिसकेको जानकारी दिनुभयो । 

टेलिकमले प्रिपेड सेवाग्राहीलाई कुरा गर्दैगर्दा ब्यालेन्स सकिए पनि फोन सम्पर्कलाई निरन्तरता दिन नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको छ । 

कार्यक्रममा २० वर्ष स्थायी सेवा गर्ने ९६ जना कर्मचारीलाई २० वर्षे पदक प्रदान गरिएको छ । त्यसैगरी विक्रेता कम्पनी÷व्यक्ति तथा गत वर्ष सर्वाधिक बिल भुक्तानी गर्ने ग्राहकलाई सम्मान गरियो । 

मन्त्रालयका निमित्त सचिव तथा टेलिकमका अध्यक्ष प्रेमकुमार श्रेष्ठले टेलिकम सेवालाई ग्रामीण तहसम्म पुर्याउने योजनाअनुसार टेलिकमले तीव्र गतिमा काम गरिरहेको छ भन्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा