Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा डाक्टरलाई दुर्व्यावहार गरेको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित

२०७४, २२ माघ सोमबार १३:४८

माघ २२, कालिकोट | जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल अलीलाई नेकपा माओवादीका कार्यकर्ताले कालो मोसो दलेर दुर्व्यावहार गरेको बिरोध कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित छन् । 

शुक्रबार रास्कोट पूर्ण खोपयुक्त नगरपालिका घोषणा समारोहमा सहभागी हुन गएका अलीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेर दुव्र्यवहार गरेको बिरोधमा सोमबारदेखी जिल्ला अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द छन् ।


जिल्ला स्वास्थ्य कार्यालयले एक प्रेस विज्ञप्ती सार्वजनिक गरी आईतबार सबै स्वास्थ्यकर्मीले हातमा कालो पट्टी बाँधेर सेवा दिनुका साथै सोमबारदेखी ईमरजेन्सी बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द रेका छन् । माघ १९ गते रास्कोट नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुन गएका डाक्टर अलीलाई रास्कोट नगरपालिकाको आरसिपी बजारमा अमानवीय र अभद्र व्यवहार भएको भन्दै दुव्र्यवहारमा संलग्नलाई कार्वाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।

यता नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदिपले आफूहरुले नै जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अलीलाई जनकारबाही गरेको बताए । डा. अलीकै कार्यकालमा गलत अप्रेशनका कारण चन्दा शाह लगायत तीन महिलाको अकालमा ज्यान गएको, जनताहरुले अस्वीकार गर्दा पनि जिल्लामा पुन हाजिरी भएको, पोष्टमार्टम तथा केस फारम भर्दा सेवाग्राहीबाट घुस लिने गरेको आरोप लगाएका छन् ।

त्यस्तै स्वास्थ्यको रकम हिनामिना गरेको, कर्मचारीलाई हेपेको, केही समय अगाडी जिल्लामा फैलिएको भाइरलको महामारी नियन्त्रणमा चासो नदिएको र जिल्लाका ग्रामिण स्तरमा रहेका स्वास्थ्य संस्थामा समयमै औषधी नपठाउँदा नागरिकले सास्ती खेप्नु परेकाले आफूले जुताको माला र कालोमुसो दलेर स्वागत गर्न बाध्य भएको बताए ।


जिल्ला स्वास्थ्य कार्यालयका डा.टंक आचार्यले सोमबारदेखी जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्लाका सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरिएको बताए । उनले आफूहरुले जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. अली माथि दुरव्र्यवहार गर्नेलाई कानुन बमोजिम कारवाहीको माग गरेको बताए ।जिल्ला अस्पताल तथा अन्य ग्रामीण स्तरका स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सबै सेवा बन्द भएपछि नागरिकलाई सास्ती भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि गएका सेवाग्राहीले उपचार नपाएर घर फर्किन थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित