२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक ढलान गरेको एक महिना नबित्दै… (तस्विरमा हेर्नुहोस)

२०७४, २४ माघ बुधबार ११:३९

चिसाङ शेर्पा | माघ २४, खोटाङ | सदरमुकाम दिक्तेलको अल्छेढुंगा–अस्पताल सडकको ढलान सञ्चालन भएको महिनादिन नपुग्दै चिरा परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल अल्छेढुंगा रुटको मर्मतगरी आरसिसि ढलान गरीएको सडक चिरा परेको हो ।


रुपाकोट मझुवागढी नगरपालिकाको तीन लाख लागतमा नगरपालिकाले दिक्तेल २ अल्छेढुंगाको बरमुनी घुम्तीमा २० मिटर सडकको कुना साईडमा करीब १ मिटर ढलान फुटेको हो । मर्मत निर्माण समापन भई गत माघ–७ गतेबाट सञ्चालनमा आएको ढलान फुट्ने, उक्कने र चिराचिरा हुन थालेको हो ।  


सोही रुटको अगाडी खोलाको एप्रोष ११ मिटर ढलान गरेको सडक पनि उक्कीन थालेको छ । कजवे ढलान अथवा (होमपाइप) नराखी खोलामा सोलोमोलो आरसिसि ढलान गरिएको अस्पतालपटिको ढलान उक्कीन शुरु गरेको हो । 

नगरपालिकाका ईन्जिनियर केशव गिरीले प्राविधिक स्टीमेट अनुसार बनेको भनिएको सडक महिनादिनमै भत्किएपछी ईन्जिनियरको कुरा नै हावादारी भएको प्रमाणित भएको छ । मुलुक संघिय संरचनामा गईसक्दा सदरमुकाम आसपासमै बिकासका गतिविधिमा लापरबाही हुनुले जनताहरु आक्रोशित भएका छन् ।


अल्छेढुंगा घुम्तीको ढलानमा स्काईभेटर हिडाईदिएकाले ढलान फुटेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । अगाडी खोलाको ढलान ईन्जिनियरले नै उक्काएको हो रिजालले भने, “स्काईभेटर कसले हिडायो खोजी भईरहेको छ । फुटेको ढलानलाई मर्मत गर्न तत्काल निर्देशन दिएको छु ।”

स्काईभेटर जसले हिडाए पनि एकपटक हिडाउँदा फुट्ने ढलानले नगरपालिका आलेचित बनेका छन् । खोलामा होमपाईप वा कजवे नराखी ढलान गरीएको सडक मर्मत चरणमै विवादित थियो । बर्षातयाममा गाउँभित्र भलबाढी पस्ने, घर तथा जमिन क्षती हुने भन्दै स्थानियले उक्त संरचना तत्काल सुधारको माग गरेका थिए ।


हाल हिउँद महिनामा नै भत्किन थालेको सडकले भावि दिनमा मानविय तथा धनजनको क्षति पुर्याउने भन्दै २५ घरबढीका स्थानियहरुले बिरोध गर्दै आईरहेको छ ।


माथिको तश्विरहरुमा: ढलान फुटेको अल्छेढुंगा–अस्पताल सडक | माथिका तश्वीरहरुले देशको बिकास र गुणस्तरियतालाई अवगत गराएको छ | तस्विर: चिसाङ शेर्पा / साझा सबाल/ खोटाङ्ग  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित