Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक, करिब ९९.५२ प्रतिशतद्वारा मतदान, मतगणना सुरु

२०७४, २४ माघ बुधबार १२:२४

माघ २४, काठमाडौँ | बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनमा करिब ९९.५२ प्रतिशतले मतदान गरेका छन् ।  

आज देशका बिभिन्न ६ प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको हो । प्रदेश २ मा भने यस अघि नै निर्बिरोध राष्ट्रियसभा सांसदहरु चयन भईसकेका छन् । आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिनको ३ बजे सम्पन्न भएको थियो । कुल ५६ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित भएका कारण प्रदेस २ मा भने मतदान गर्नु परेन । कुल २ हजार ५६ जना मतदातामध्ये आजको मतदानमा ६ प्रदेशका स्थानीय तहका १ हजार २३४ र प्रदेश सभाका ४४३ गरी कुल १ हजार ६७७ जना मतदाताले मतदान गरे । 

बिभिन्न प्रदेशमा रहेका निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार आजको मतदानमा ९९.५२ प्रतिशत मतदान भएको छ । ६ वटै प्रदेशका जम्मा १ हजार ६७७ जना मतदातामध्ये १ हजार ६६९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए भने जम्मा ८ जना मतदाता अनुपस्थित रहे । मतदानका लागि प्रदेश सभाका सदस्य र स्थानीय तहका मतदाताका लागि अलग–अलग मतदान केन्द्रको व्यवस्था गरिएको थियो । 

मतगणना सुरु 

निर्वाचन आयोगले दिएको जानकारी अनुसार मतदान सकिए लगत्तै सम्बन्धित प्रदेशमै रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य जारी छ । आयोगका अनुसार प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी कुल २,०५६ मतदाता छन् । त्यसैगरी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १,५०६ जना मतदाता प्रत्येकको मतभार १८ र प्रदेश सभाका सदस्य ५५० जना मतदाता प्रत्येकको मतभार ४८ हुने प्रावधान छ । 

नेपालको संविधानको धारा ८६ को उपधारा (२) र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ३ (१) अनुसार, प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कुल ५६ जना राष्ट्रिय सभा सदस्यहरू निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् । निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भइसक्नु भएकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छन्  । 

यसैबीच निर्वाचन आयोगले सातवटै प्रदेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सफल भएको भन्दै सबै निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरूलाई निर्वाचन आयोगले धन्यवाद दिएको छ । त्यस्तै निर्वाचन आयोगले निर्वाचनलाई सफल पार्न सहयोग पुर्याउने नेपाल सरकार, सबै राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षक, मतदाता, सञ्चारकर्मीलाई समेत धन्यवाद दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ