२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्यटकको पर्खाइमा पञ्चासे

२०७४, २५ माघ बिहीबार ०७:५६

माघ २५, पर्वत | पञ्चासे क्षेत्र घुम्न आउने पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै गएको छ । 

गाउँको उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउन पाइने भएपछि पर्यटक आकर्षित हुन थालेका हुन् । होमस्टे सेवा शुरु गरेपछि गाउँमा आउने पर्यटकको संख्या बढ्न थालेसँगै स्थानीयमा समेत उत्साह बढेको छ । 

होमस्टेसहितको न्यानो अतिथि सत्कारको प्रबन्ध भएपछि गाउँमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । सदरमुकामबाट ११ किलोमिटर पक्की सडक र सात किलोमिटर गोरेटोबाटो हिँडेपछि चित्रे पुग्न सकिन्छ । 

पञ्चासेको फेदीमा रहेको चित्रे गाउँमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको होमस्टे सञ्चालक विष्णुकुमारी गुरुङ बताउनुहुन्छ । घुम्न आउने पाहुनालाई उचित गाँसबास र कपासको व्यवस्थापन गर्नकै लागि होमस्टे सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । 

ग्रामीण क्षेत्रको बसाई र स्थानीय उत्पादनको उपभोग गर्न पाइने भएपछि आन्तरिक पर्यटकको संख्या बढेको स्थानीयवासी बताउँछन् । पञ्चासे अवलोकनका लागि आउने पर्यटकलाई खाना र बस्नको लागि असुविधा हुन थालेपछि गाउँमा होमस्टेको शुरुवात गरिएको शिक्षक मधुसुधन अधिकारीले बताउनुभयो । अहिले चित्रेमा वार्षिकरुपमा तीन हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको चित्रे ग्रामीण पर्यटन होमस्टेको तथ्यांकमा उल्लेख छ । 

पाहुनाका लागि स्थानीयस्तरमा उत्पादन हुने खाना, लोकल कुखुरा, कोदो र मकैका परिकारले स्वागत सत्कार गर्ने गरिएको छ । विसं २०६६ मा एउटा घरबाट शुरु गरिएको होमस्टे हाल १० वटा घरमा फैलिएको छ । होमस्टेमा अहिले एक पटकमा ६५ जनालाई बस्न सक्ने गरी व्यवस्था मिलाइएको छ । आगामी दिनमा अन्य घरमा समेत विस्तार गर्ने योजना रहेको सञ्चालक समितिका अध्यक्ष सुशीला गुरुङले बताउनुभयो । 

पछिल्लो समयमा जिल्लास्तरमा हुने गोष्ठी, सेमिनार र अन्तरक्रिया कार्यक्रमसमेत पर्यटकीय गाउँ चित्रेमा आयोजना हुन थालेपछि स्थानीयवासीको सहभागितामा बहुद्देश्यीय सामुदायिक भवन निर्माण गरी खाना खुवाउने तथा कार्यक्रम गरिँदै आएको छ । सुन्दर तथा प्राकृतिक उक्त क्षेत्रको विकास र होमस्टे प्रवद्र्धनमार्फत स्थानीयवासीको जीविकोपार्जन तथा ग्रामीण पर्यटनको सम्भावना बढाउन सरकारले विशेष नीति ल्याउनुपर्ने स्थानीयवासीको माग छ । 

अग्ला हिमाली डाँडा, मनोरम ग्रामीण परिवेश, दुर्लभ र बहुमूल्य जडीबुटी पाइने पञ्चासेको घना जंगल र न्यानो आतिथ्यताका कारण यहाँ आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदैगएको छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै