Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुकुमका २१ वर्षीय ओलीले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २५, रुकुम | सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् ।

जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश ग¥यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गर्नुभएको हो ।

हाल दाङको पद्मोदय नमूना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले यस्तो यन्त्र आविष्कार गरेपछि जिल्लामा उहाँको निकै चर्चा चलिरहेको छ । ओलीले योसँगै अन्य विभिन्न ३० वटा उपकरण पनि बनाएको बताउनुभएको छ ।

उहाँले बनाएका केही उपकरण बिक्रीका लागिसमेत बजारमा आइसकेका छन् । “मैले बनाएको सबैभन्दा राम्रो उपकरण सेक्युरिटी सिस्टम हो, २१ वर्षे ओलीले भन्नुभयो, “यसमा पहिले नै मोबाइल नम्बर सेट गरिएको हुन्छ, कोठामा कोही प्रवेश ग¥यो भने मोसन र हिटका आधारमा मेसिनले जुन व्यक्तिको फोन नम्बर सेट गरिएको हुन्छ, त्यसमा फोन गर्छ ।

सम्बन्धित व्यक्तिले फोन उठाएपछि कोठाभित्र भइरहेको गतिविधिको आवाजसमेत सुन्न सकिने उहाँले बताउनुभयो । रातिको समयमा पसल, घर, कार्यालयलगायतका ठाउँमा हुने चोरीको सूचना दिन यो उपकरण सहयोगी बन्ने विश्वाससहित आफूले उपकरण तयार पारेको ओलीको भनाइ छ । यसलाई थप व्यवस्थित बनाउन निरन्तर मेहनत गरिरहेको उहाँले बताउनुभयो ।

रासस