२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका स्थानीय तह निमित्तकै भरमा सञ्चालन

२०७४, २६ माघ शुक्रबार ०२:४४

माघ २६, कालिकोट । स्थानीय तहहरु विगत लामो समयदेखि निमित्तकै भरमा सञ्चालन हुँदै आएका छन् । 

स्थानीय सरकारको रूपमा रहेको स्थानीय तहमा कर्मचारीको अभाव भएपछि ती कार्यालयहरु निमित्तको भरमा सञ्चालन हुँदै आएका छन् ।

कालिकोटका ९ वटा स्थानीय तह मध्ये  ५ वटा स्थनीय तहले लामो समयदेखि निमित्तकै भरमा आफ्नो कामकार्वाही सञ्चालन गर्दै आएको जिल्ला समन्वय समिति कालिकोटले जनाएको छ । 

कालिकोट जिल्लाका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका र कालिका गाउँपालिका बाहेकका पलाता गाउँपालिका, पचालझरना गाउँपालिका, शान्नित्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका र महाँवै गाउँपालिका गरी पाँच वटा स्थानीय तह निमित्तकै भरमा सञ्चालन भईरहेका छन् ।

यि सवै गाउपालिकाहरु गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन यता निमित्त कार्यालय प्रमुखकै भरमा सञ्चालन हुँदै आएका छन् । जिल्ला समन्वय समिति कालिकोटका अनुसार जिल्लामा अधिकृत स्तरको कर्मचारीहरुको अभावका कारण निमित्त प्रमुखको जिम्मेवारी दिएर नासु सो सरहका कर्मचारीहरुलाई दिएको छ । 

स्थानीय सरकारका रुपमा परिचित स्थानीय तह नै निमित्त कर्मचारीको भरमा सञ्चालन हुँदा सेवा प्रवाह प्रभाकारी हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

सरकारले गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारीको भूमिकामा खटाउने भने पनि कालिकोटजस्ता दुर्गम जिल्लाहरुमा कर्मचारीको अभावका कारण समस्या भएको छ । 

जनप्रतिनिधिको काम नितीगत निर्णय गर्ने र कर्मचारीको काम कार्यान्वयन भए पनि योजनाको प्रभावकारी कार्यान्वय हुन नसकेको जनप्रतिनिधिहरु बताउन थालेका छन्  ।

कार्यकारी र मातहतका कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या भएको पचालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए । उनले विगतका गाविस सचिव नै अहिले निमित्त कार्यकारी अधिकृत भएर कार्य सञ्चालन भईरहँदा आफुलाई आवश्यक पर्ने नीतिगत सहयोग तथा अहिलेको प्रविधिसँग जोडिएर सेवा प्रवाह गर्न समस्या भएको बताए । गाउँपालिकाका कर्मचारीको दोहोरो जिम्मेवारी भएका कारण काममा ढिला हुने गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु