पढ्न करिब 1 मिनेट लाग्छ

भास्कर केसी/माघ २६, कञ्चनपुर । कञ्चनपुरमा आफ्नै भातिजको कोकको बोतल प्रहारबाट काका गम्भीर घाइते भएका छन् ।

भिमदत्त नगरपालिका १३ पिपरैया बस्ने डम्बर दत्त भट्टका ३० बर्षीय छोरा तिर्थ राज भट्ट र ३३ बर्षीय राम प्रशाद भट्टले विहिबार विहान १० बजे ६० बर्षीय आफ्नै काका जय राज भट्टलाई कोकको बोत्तलले हिर्काएर घाईते बनाएका हुन् ।

घाइते भट्टको भारतको खटिमा स्थिीत तपन अस्पतालको आईसियु कक्षमा उपचार भइरहेको छ । उनको टाउकोको हड्डी क्रयाक भएको अस्पतालले जनाएको छ ।

दुवै आरोपीहरुको नाममा ज्यान मार्ने उद्योग दर्ता गरी कारवाही अगाडि बढाएको र एक जना आरोपीलाई प्रहरीले प्रक्राउ गरी आजै म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले जानकारी दिए ।

घरायसी विवादलाई लिएर उनीहरुले यो भन्दा पहिले पनि पटकपटक आक्रमण गर्न खोजेका भएपनि सफल हुन सकेको थिएनन् । घर नजिकै रहेको साझा चौराहा पसलमा बसिरहेका बेला उनीहरुले आक्रमण गरि घाइते बनाएको बताइएको छ । उनको स्वास्थ्यमा सुधार आउन अझै १० दिन लाग्ने अस्पतालले जनाएको छ ।