२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रदेशस्तरीय महोत्सव शुरु, ‘नमूना प्रदेश बनाउन सहकार्यको आवश्यकता’

२०७४, २६ माघ शुक्रबार १६:०८

माघ २६, सुर्खेत | नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ६ को आयोजनामा सञ्चालन हुन लागेको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय औद्योगिक, व्यापार पर्यटन तथा कृषि महोत्सव २०७४ मेलाको शुक्रबारदेखि शुरु भएको छ ।फागुन ८ गतेसम्म नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ६ को आयोजनामा हुने महोत्सवको उद्घाटन प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले एक विशेष समारोहकाबीच गरेका हुन् ।

महोत्सवको पहिलो दिन प्याराग्लाईडिङमार्फत अतिथिहरुलाई पुष्प गुच्छा छरेर स्वागत गरिएको थियो । ३ लाख भन्दा बढी दर्शकको महोत्सवको अवलोकन सहित करिव १५ करोड बराबरको कारोबार हुने अनुमान भएको महोत्सवका संयोजक पदम शाहीले जानकारी दिएका छन् ।महोत्सवमा अन्तर्राष्ट्रिय स्टलहरुदेखि विभिन्न राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रमहरु समेत रहने वताईएको छ । यस क्षेत्रको पर्यटन तथा कृषि र लघु उद्यम समेतको विकास र विस्तार गर्नका लागि कृषिसँग सम्बन्धित स्टलहरु समेत रहने शाहीले बताए ।


प्रदेशको बलियो आधारको रुपमा रहेको जलस्रोत, उच्च मूल्यको कृषि, पर्यटन, खानीखनिज तथा जडिबुटी, स्थानीय कलासंस्कृति, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धनका लागि पहिलो पटक प्रदेशस्तरीय महोत्सव गर्न लागिएको आयोजकको भनाई छ ।

महोत्सवले ६ नं. प्रदेशको राजधानी सुर्खेतलाई स्थापित गराउने र अपार सम्भावना र अवसर बोकेको सिंगो कर्णालीको प्राकृतिक सौन्दर्य तथा सम्पदाको पनि प्रवद्र्धनमा सहयोग पुग्ने अध्यक्ष शाहीले बताए । प्रदेश नं‍ ६ का १० वटै जिल्लाका उद्योग बाणिज्य संघहरु सहआयोजक भएकोले यसपटकको प्रदेशस्तरीय महोत्सव ६ नंं. को महोत्सव भएको अध्यक्ष शाहीको भनाइ छ ।

महोत्सव उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले प्रदेशको समृद्धिका लागि सबै पक्षको सहकार्य आवश्यक भएको बताएका छन् । महोत्सवमा राष्ट्रिय तथा चर्तित स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम समेत रहने भएकोले यसले महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन