१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रदेशस्तरीय महोत्सव शुरु, ‘नमूना प्रदेश बनाउन सहकार्यको आवश्यकता’

२६ माघ २०७४, शुक्रबार १६:०८

माघ २६, सुर्खेत | नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ६ को आयोजनामा सञ्चालन हुन लागेको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय औद्योगिक, व्यापार पर्यटन तथा कृषि महोत्सव २०७४ मेलाको शुक्रबारदेखि शुरु भएको छ ।फागुन ८ गतेसम्म नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ६ को आयोजनामा हुने महोत्सवको उद्घाटन प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले एक विशेष समारोहकाबीच गरेका हुन् ।

महोत्सवको पहिलो दिन प्याराग्लाईडिङमार्फत अतिथिहरुलाई पुष्प गुच्छा छरेर स्वागत गरिएको थियो । ३ लाख भन्दा बढी दर्शकको महोत्सवको अवलोकन सहित करिव १५ करोड बराबरको कारोबार हुने अनुमान भएको महोत्सवका संयोजक पदम शाहीले जानकारी दिएका छन् ।महोत्सवमा अन्तर्राष्ट्रिय स्टलहरुदेखि विभिन्न राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रमहरु समेत रहने वताईएको छ । यस क्षेत्रको पर्यटन तथा कृषि र लघु उद्यम समेतको विकास र विस्तार गर्नका लागि कृषिसँग सम्बन्धित स्टलहरु समेत रहने शाहीले बताए ।


प्रदेशको बलियो आधारको रुपमा रहेको जलस्रोत, उच्च मूल्यको कृषि, पर्यटन, खानीखनिज तथा जडिबुटी, स्थानीय कलासंस्कृति, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धनका लागि पहिलो पटक प्रदेशस्तरीय महोत्सव गर्न लागिएको आयोजकको भनाई छ ।

महोत्सवले ६ नं. प्रदेशको राजधानी सुर्खेतलाई स्थापित गराउने र अपार सम्भावना र अवसर बोकेको सिंगो कर्णालीको प्राकृतिक सौन्दर्य तथा सम्पदाको पनि प्रवद्र्धनमा सहयोग पुग्ने अध्यक्ष शाहीले बताए । प्रदेश नं‍ ६ का १० वटै जिल्लाका उद्योग बाणिज्य संघहरु सहआयोजक भएकोले यसपटकको प्रदेशस्तरीय महोत्सव ६ नंं. को महोत्सव भएको अध्यक्ष शाहीको भनाइ छ ।

महोत्सव उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले प्रदेशको समृद्धिका लागि सबै पक्षको सहकार्य आवश्यक भएको बताएका छन् । महोत्सवमा राष्ट्रिय तथा चर्तित स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम समेत रहने भएकोले यसले महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह