२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल क्रान्तिकारी कपिलबस्तुको अध्यक्षमा रुपा निर्वाचित

२०७४, २८ माघ आईतवार ०४:१३

माघ २८, कपिलवस्तु | अनेरास्ववियु क्रान्तिकारी कपिलबस्तुको १९ औं जिल्ला सम्‍मेलनले  अध्यक्षमा रुपा बुढामगरलाई निर्वाचित गरेको छ ।  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको १९ औं कपिलबस्तु सम्मेलनले रुपा बुढामगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको हो।

सम्मेलनको उद्‍घाटन गर्दै संगठनका महासचिव दिपेन्द्र चलाउनेले शिक्षामा देखिएको नवउदारवादका विरुद्ध शसक्त संघर्ष गर्ने बताउँदै शैक्षिक दलालीकरण, माफियाकरण र भ्रष्टिकरण विरुद्ध देशभर संगठनले भण्डाफोर अभियान संचालन सर्वसाधारण जनतालाई वैज्ञानिक, जीवनपयोगी, प्राविधिक, सस्तो, सुलभ र सरल रुपमा शिक्षा प्राप्त गर्न नयाँ समाजवादी शिक्षा आवश्यक भएको बताए ।

अभियानको क्रममा भ्रष्टाचारी र शैक्षिक माफियालाई रुपान्तरण हुन सांकेत रुपमा केही संघर्षका कार्यक्रमका साथै भारतद्वारा सीमा मिचिएको क्षेत्रमा पुग्‍ने बताए । सम्‍मेलनको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज चन्द्रवहादुर चन्दले वर्गीय समाजमा शिक्षा पनि वर्गीय हुने भन्दै शिक्षा अभिजात वर्गको नियन्त्रण हुँदासम्म शिक्षा व्यवहारिक र सर्वसुलभ नहुने बताए । चन्दले बुर्जुवा शिक्षाका विरुद्ध देशभक्त, प्रगतिशील र क्रान्तिकारीहरु विद्यार्थीहरु एक हुनुपर्ने भन्दै शैक्षिक समस्याको समाधान एकीकृत जनक्रान्तिको माध्यमद्धारा हुने बताए ।

त्यस्तै नेकपा कपिलवस्तुका इन्चार्ज संगम, सेक्रेटरी सुनिल, लुम्बिनी क्षेत्रीय समन्वय समितिका इन्चार्ज प्रेमचन्द्र भुषाललगायतले सम्मेलनको शुभकामना दिएका थिए । त्यसैगरी सम्मेलनमा उपाध्यक्ष राजित प्रताप सेन, सचिवमा निराजन थारु र कोषाध्यक्षमा लोकेन्द्र चन्द ठकुरीलाई निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा