2026-09-14 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटको लोकमार्गमा यातायात सञ्चालनको माग

माघ २८, जाजरकोट | पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी आक्रोशित भएका छन् । 

सरकारले निकै महत्व दिएर निर्माण गरेको पुष्पलाल नामको लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतीपुरका बासिन्दाले सडकको स्तरोन्नति गरेर गाडी गुड्न मिल्ने गराउन सरोकारयुक्त निकायसँग माग गरेका छन् । जिल्ला समन्वय समिति र प्रदेशसभाका सांसदमार्फत उनीहरुले जाजरकोटमा निर्माण भएको ९२ किमी सडकमा तत्काल गाडी गुडाउन आग्रह गरेका छन् । 

सडक बनेर पूरै बिग्रिसकेको र सडक विभाग, स्थानीय तह र निर्माण व्यवसायीले कुनै वास्ता नगरेपछि आफूहरुले जिससका संयोजक मनबहादुर रावल र प्रदेशसभा सांसद कृष्णा शाहमार्फत सरोकारयुक्तको ध्यानाकर्षण गराएको स्थानीयवासी अटल आचार्यले जानकारी दिनुभयो । करोडौँ रकम खर्च गरेर बनाइएको सडकमा गुणस्तर नहुँदा जनताले दुःख पाइरहने गरेको आचार्यले बताउनुभयो । 

लिखित ज्ञापनपत्र दिएर भेरी नगरपालिकाको कुदुदेखि शिवालय गाउँपालिकाको सुयडासम्मको सडकमा तत्काल गाडी गुड्ने व्यवस्था गर्न आफूहरुले माग गरेको स्थानीयवासी बताउँछन् । रुकुमको चौरजहारी पार गरेपछि जाजरकोटको कुदुदेखि दैलेख र जाजरकोटको सिमाना सुयडासम्म ९२ किमीको लम्बाइ रहेको उक्त सडक वर्षात्को भेल र पहिराका कारण जोखिमपूर्ण र विनाकामको बन्दै गएको तिनको गुनासो छ । 

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दाङका सिनियर डिभिजन इञ्जिनीयर शुभराज न्यौपानेले लोकमार्गको जाजरकोट खण्डको सम्पूर्ण भागको स्तरोन्नति गर्ने काम शुरु हुन लागेको बताउनुभयो । “भेरी नगरपालिकाको कुदुदेखि छेडागाड नगरपालिकाको सुयडासम्मको सडक कालोपत्रे र चौडा गरिने, पर्खाल लगाइने तथा नाली बनाइने कामका लागि माघ महिनाभित्र बोलपत्र आह्वान हुन लागेको छ”, उहाँले भन्नुभयो । 

सडकको कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन आइसकेकाले अब बोलपत्र आह्वान हुन लागेको उहाँको भनाइ छ । सडक आगामी तीन वर्षभित्र कालोपत्रे गरिसक्ने गरी आफूहरुले काम अघि बढाउन लागेको डिभिजन इञ्जिनीयर न्यौपानेले बाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले