पढ्न करिब 2 मिनेट लाग्छ

भास्कर के.सी | माघ २८, कञ्चनपुर | सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार सघर्ष समितिले विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको एक हप्ता पनि वित्न नपाउदैं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति र रजिष्टार लगायत उच्च पदाधिकारीहरु विहान १०:३० बजेसम्म पनि कार्यालयमा हाजिर नभएको भन्दै त्यहाँ रहेको रिक्त कुर्सीहरु बाहिर ल्याएर सबै कुर्सीलाई एकै स्थानमा पारेर राखेका छन् । त्यसैगरी विश्वविद्यालयका गाडीहरु पनि अनैतिक कार्यमा प्रयोग ल्याएको भन्दै सबै गाडिका चाबी आफुहरुले नियन्त्रण लिएका छन् ।

विश्व विद्यालयका गाडीहरुमा आफुखुशी अनैतिक रुपमा विहे भोजमा मदिरा लगायत आफन्त ओसार पसार गरेको हुदाँ नियन्त्रणमा लिएकने, ती गाडीहरुमा विश्वविद्यालयको लोगो र नाम लेख्नु पर्ने अन्यथा ती गाडीहरु विद्यार्थी संगठनको नियन्त्रमा रहने अनेरास्वियु(क्रान्तिकारी)का जिल्ला सचिव किशोर भट्टले बताउनु भयो ।

विद्यार्थी आन्दोलन र सु.प.का जनताको त्याग, समर्पण र आन्दोलनबाट यस क्षेत्रको शैक्षिक उन्नति र विकासका निमित्त स्थापित सु.प. विश्वविद्यालय विकासको गतिमा बढनुको साटो विश्वविद्यालयमा पछिल्लो समयमा पदाधिकारीहरुको मनोमानी, लापरवाही बढ्दै जादाँ आफुहरुले विश्वविद्यालयका डिनहरुलाई पछिल्लो सयममा उनीहरुले आफ्नो काम, कर्तव्य र अधिकार विर्सेर क्याम्पसका नियमित कामकारवाहीहरु अस्तव्यस्त पारेकोले आफुहरुले आन्दोलन गर्न बाध्यभएको अनेरास्वियु(क्रान्तिकारी)का अध्यक्ष विरेन्द्र राज विष्टले बताउनु भयो ।

यदि ३ दिनभित्र विभागीय प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढाई विभागीय प्रमुख नियुक्त नगरिए सशक्त रुपमा आन्दोलनमा जाने अध्यक्ष विष्टले बताउनु भयो ।