2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जडीबुटी संकलनबाट व्यावसायिक बन्दै किसान

माघ २८, ललितपुर | हिमाली र उच्च पहाडी जिल्लावासीले जडीबुटी संरक्षणसँगै त्यसबाट मनग्य आम्दानी लिन थालेका छन् । 

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजना मार्फत १० जिल्लाका किसानले जडीबुटीलाई आर्थिक उपार्जनको माध्यम बनाउन थालेका हु्न् । 

चिराइतो, अल्लो जटामसीलगायत जडीबुटीको संकलन भइरहेको उल्लेख गर्दै परियोजनाका निर्देशक विजयकान्त झा भन्नुहुन्छ, “अहिले जंगलमा कुहिएर खेर जाने जडीबुटीबाट त्यहाँका किसानले राम्रो आम्दानी थालेका छन् ।” 

परियोजनाले नेपालगञ्ज, भैरहवालगायतका स्थानमा यस्ता जडीबुटी प्रशोधनका लागि उपकरण किन्न चाहने उद्योगलाई अनुदान सहयोग गरेको र संकलन भएका जडीबुटी यिनै उद्योगबाट प्रशोधन हुँदै आएको छ । 

स्थानीयवासीलाई संकलनसँगै संरक्षणसमेत सिकाइएको परियोजना निर्देशक झा बताउनुहुन्छ । सामुदायिक जंगलमा जडीबुटीको संकलन र संरक्षण भइरहेको हो । उहाँ भन्नुहुन्छ, “हामीले भविष्यसम्म त्यसबाट फाइदा लिइरहन पनि संरक्षणका कार्यक्रम सँगसँगै लगेका छौँ ।” यी जिल्लामा ८७ वटा सहायक परियोजनामार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् । 

कृषि उत्पादन कम हुने र आम्दानीका हिसाबले कमजोर रहेका स्थानका किसानलाई व्यावसायिक बनाउनका लागि परियोजना सञ्चालनमा ल्याइएको र ती स्थानमा उत्पादित जडिबुटी केन्द्रित सहायक परियोजना सञ्चालित छ । 

परियोजनाले सहायक परियोजनामार्फत त्यहाँ सम्भावना भएको क्षेत्रमा अनुदान सहयोग गरिरहेको छ । कुषि विकास कार्यालय र पशुसेवा कार्यालयमार्फत सञ्चालन भइरहेको यो परियोजनाको अवधि आगामी असारसम्म रहने त्यसपछि कार्यक्रम स्थानीय निकायमा हस्तान्तरण गर्ने योजना छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ