२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

२९ माघ २०७४, सोमबार ०६:५४

माघ २८, पाल्पा | यहाँका अधिकारवादी संस्थाले निःशुल्क प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै आएका छन् । 

स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जाल, स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र, जिल्लास्तरीय मानवअधिकार निगरानी समूह, इन्सेक र शान्तिका लागि साझा अभियानलगायतका संस्थाले जिल्लाका अस्पतालबाट सुत्केरी महिलाले पाउनुपर्ने सबै स्वास्थ्य अधिकार पूर्णरुपमा उपलब्ध गराउनुपर्ने र सचेतना कार्यक्रम चलाउनुपर्ने मागसहित जिल्ला स्वास्थ्य प्रमुखलाई ज्ञापनपत्र बुझाएको सञ्जालका संयोजक प्रेम कार्कीले बताउनुभयो । 

सुत्केरी महिलाले प्रोत्साहनस्वरुप यातायात खर्च उपलब्ध गराउने आमा सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा उनीहरु मर्कामा परेका थिए । 

सरकारले २०६५ सालदेखि सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउनका लागि प्रोत्साहनस्वरुप सुत्केरी भत्ता व्यवस्था गरेपछि अकालमा ज्यान गुमाउने मातृशिशुको मृत्यु दरमा कमी आएको छ । 

हिमाली जिल्लामा रु एक हजार ५००, पहाडी जिल्लामा रु एक हजार र तराईका जिल्लामा रु ५०० सुत्केरी भत्ता प्रदान हुँदै आएको छ । गर्भवती महिलाले नियमित रुपमा चार पटकसम्म स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएबापत रु ४०० सहजरुपले सुत्केरी महिलाले पाउनुपर्ने जिल्लास्तरीय मानवअधिकार निगरानी समूहका संयोजक भगवान भण्डारीको भनाइ छ । 

मातृशिशुको मृत्युदर घटाउनका लागि आमा सुरक्षा कार्यक्रमलाई सफल बनाउनुपर्ने र त्यसका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको अनुगमन प्रभावकारी हुनुपर्ने र सरकारी स्थास्थ्य संस्थामा २४ घण्टे प्रसूति गृह सञ्चालन गर्नसमेत उहाँले जोड दिनुभयो । 

सरकारको ठूलो लगानीमा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा रहे पनि स्थानीय तह र सरकारी स्वास्थ्य संस्थामा समन्वयको अभावमा प्रभावकारी काम हुन सकेको छैन । स्थानीय तह, सरकारी स्वास्थ्य संस्था र स्थानीय बासिन्दाको पहलमा स्वास्थ्य संस्थालाई व्यवस्थित रुपमा अघि बढाउन सके सुत्केरी तथा बालबालिकाले स्वास्थ्य सुविधा पाउने थिए ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य