२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रान्तिकारी कम्युनिष्टको एकता आजको आवश्यकता: वैद्य

२०७४, २९ माघ सोमबार ०९:१८

माघ २९, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताउनुभएको छ । 

तेइसौँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना वक्तव्य दिँदै महासचिव वैद्यले नयाँ जनवादी क्रान्तिको उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हुने बताउनुभएको छ । 

दश वर्षको जनयुद्धका बीचबाट जन्मिएको संविधानसभाले संसदीय व्यवस्थाकै पुनर्बहाली गरी संविधान बनाएको भन्दै यसले देश र जनताको सपना साकार हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ । 

वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तीव्र बन्दै गएको महासचिव वैद्यले आरोप लगाउनुभएको छ । 

जनयुद्ध दिवसको अवसरमा जनयुद्धका अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि, बेपत्ता योद्धाको स–सम्मान संस्मरण र जनयुद्धमा घाइते अपांग बनेका सम्पूर्ण योद्धाप्रति महासचिव वैद्यले सम्मान प्रकट गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो