२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वान-टु-वान वार्ता: ओली-प्रचण्ड दुवै सहअध्यक्ष, प्रधानमन्त्री पनि आलोपालो !

२०७४, २९ माघ सोमबार १२:०५

माघ २९, काठमाडौं | नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको बिषयमा बिबिध प्रश्नहरु खडा हुँदै गर्दा उनीहरु भने पार्टी एकताको मोडालिटीमा केन्द्रित भएका छन् । 

प्रमुख दुई नेता केपी शर्मा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता सम्पन्न भएको अवस्थामा वार्तामा के-कस्ता सहमति भए भन्ने बारेमा खुलाशा भएको छैन तर स्रोतका अनुसार वान-टु-वान वार्ताबाट एकता पछी पार्टी ओली-प्रचण्डले सह-अध्यक्षको रुपमा चलाउने र प्रधानमन्त्री  पनि आलोपालो चलाउने सहमति भएको बताइएको छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड ललितपुरको मानभवनस्थित शारदाप्रसाद अधिकारीको निवासमा भेटेका हुन् । अधिकारी प्रचण्ड निकट निर्माण व्यवसायी मानिन्छन् ।

यस बिषयमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले समेत अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो गर्नेगरि सहमति भएको बताएका छन् । आज काठमाडौमा भएको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले  ओली–प्रचण्डवीचको वान–टु–वान भेटवार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी कायम भएको संकेत गरेका हुन् । तर पार्टी नेतृत्वको बिषयमा भने उनले खुलाएनन् । रावलले दिएको संकेत अनुसार असोज १७ गते वाम गठबन्धन घोषणा गरेकै दिन ७ बुँदे सहमति बाहिर ल्याएर दुवै पार्टीले नेतृत्व आलोपालो चलाउने बिषय उठिसकेको स्मरण गराए । उनले अब घोषणा गर्न मात्र बाँकी रहेको बताए । 

आजको वान-टु-वान वार्तामा माओवादी र एमालेले निर्वाचन नतिजा घोषणा लगत्तै बाम गठबन्धनको नेतृत्वमा सरकार बनाउने सहमति भएको नेताहरुले बताएका छन् । 

एकता तथा नयाँ सरकार गठनबारे ओली र प्रचण्डबीच भोलि पनि वार्ता हुनेछ । भोली दुई नेताबीचको वार्ता निष्कर्षमा गए पर्सी पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । 

नेताहरुले बिभिन्न तर्कहरु दिए पनि एकताको लागि दुवै पक्षले विन-विनको बाटो समाउने पक्का छ, यस्तो अवस्थामा एमाले र माओवादीबीच मुख्य दुई पद प्रधानमन्त्री र पार्टी अध्यक्ष एक र अर्कालाई भाग लगाउने भन्दा पनि दुवै पद दुवैलाई हुने गरि सहमति हुने पक्कापक्कि भएको बताइएको छ । यस्तो भएमा प्रचण्ड र ओली दुवैको बराबर जिम्मेवारी हुनेगरि पार्टी नेतृत्व र प्रधानमन्त्री पनि आधा-आधा समयसम्म संचालनको सहमति हुनेछ । 

एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष दिने र महासचिव एमालेलेनै राख्ने प्रस्ताव अघि सारेपनि एमालेका अन्य नेताहरु यसमा सहमत छैनन् । तर गौतमको प्रस्तावलाई माओवादीले पनि सकारात्मक रुपमा लिएको छैन । किनभने प्रचण्डलाई अध्यक्ष दिने उक्त प्रस्तावमा सेरेमोनियल अध्यक्ष भन्ने कुरा जोडिएको छ । यस्तो अवस्थामा अध्यक्ष भन्दा पनि बढी शक्तिशाली महासचिव हुन्छ ।

माओवादीले ओली नेतृत्वको सरकार बन्नु अगावै पार्टी पार्टी एकताको प्रारुप तयार हुनुपर्नेमा जोड दिएको अवस्थामा एमाले पनि दवावका साथ एकतालाई टुंग्याउन लागि परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा